Headline

के जर्मन प्रशिक्षक जोचिम लो को शासन अन्त्य नजिक पुगेको हो ?

Published

on

जर्मन फुटबल महासंघ (डिएफबी) ले राष्ट्रिय टोलीका प्रशिक्षक जर्मन जोचिम लो लाई स्पेनसँग ब्यहोरेको ६–० को लज्जास्पद हारको बारेमा बिश्लेषण सहितको रिपोर्ट बुझाउन निर्देशन दिएसँगै उनको झण्डै डेढ दशक देखिको राज अन्त्य नजिक पुगेको चर्चा हुन थालेको छ ।

गत हप्ता युएफा नेसन्स लिगको महत्वपूर्ण खेलमा जर्मनी स्पेनसँग ६–० ले पराजित हुदा उ सेमिफाइनलमा प्रवेश गर्नबाट बञ्चित भएको थियो । जर्मनीले आफ्नो फुटबल इतिहासकै सबैभन्दा फराकिलो अन्तरको हारको सामना गरे पनि लो ले आफू राजीनामा गर्ने कुनै योजना रहेको बताएका थिए ।

२०१८ मा रसियामा भएको बिश्वकपमा डिफेन्डिङ्ग च्याम्पियनको रुपमा समुह चरणबाटै बाहिरिदा लो लाई सहि खेलाडी छनोट नगरेको आरोप लागेको थियो भने त्यसपछि पनि भएका केही निराशाजनक परिणामका बावजुद उनी पद नछोड्ने भन्दै अडिग रहेका थिए । यसका लागि उनले निकै बोल्ड रुपमा जर्मन फुटबल महासंघसँग पनि प्रस्तुत हुदै आएका छन् ।

तर स्पेनसँगको परिणामपछि लो लाई महासंघले त्यो खेलको नजितसँगै २०१८ बिश्वकपसँगै आएका निराशाजनक नतिजाहरुको बारेमा बिश्लेषण गर्दै रिपोर्ट बुझाउन निर्देशन दिएपछि अबको उनको भविष्यको बिषयमा टिप्पणी शुरु हुन थालेको छ । राष्ट्रिय टोलीको भविष्यसँगै अबको योजनाको समिक्षा गर्दै डिसेम्बर ४ मा बस्ने महासंघको कार्य समिति बैठक बस्न गइरहेको छ ।

“डिएफबीको कार्य समितिले निर्विरोधमा नयाँ तथ्य पत्ता लगाएर त्यसलाई सच्याउनका लागि समिक्षका गर्नका लागि रोड म्याप तयार गरेको छ । यस अन्तर्गत राष्ट्रिय टिमका प्रशिक्षक र टोलीकै हालको स्थितिको बारे पनि समिक्षा गर्नेछ,” डिएफबीले भनेको छ ।

२०२१ का लागि स्थगित युरो कपमा जुनमा फ्रान्स, पोर्चुगल र हँगेरीसँग खेल्नुअघि जर्मनीले मार्चमा अन्तर्राष्ट्रियहरु खेल्नेछ । लो ले जर्मनीलाई २०१४ को बिश्वकप जिताएका थिए । सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ को अप्रत्याशित र दर्दनाक हार चखाएको जर्मनीले फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराएको थियो ।

Click to comment

Trending