Headline

‘सुर्यकुमार अष्ट्रेलिया टुरका लागि छानिनु पर्ने थियो’

Published

on

वेष्ट इन्डिज लेजेण्ड ब्रायन लाराले सुर्यकुमार यादवलाई एक ‘क्लास खेलाडी’ मान्दै उनी शुक्रबार देखि शुरु हुने भारत र अष्ट्रेलियाबीचको सिरिजका लागि टोलीमा राखिनु पर्ने बताएका छन् ।

यादवले भर्खर सक्किएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पाँच पटकको बिजेता बनाउनु साथै ४८० रन पनि बनाएका थिए । आइपिएल सिजन भरी फर्ममा रहे पनि उनी अष्ट्रेलिया विरुद्ध खेल्ने भारतीय टोलीमा अटाउन सकेनन् ।

ट्वान्टी–२०, एकदिवसीय र र टेस्ट कुनै पनि टोलीमा यादव नपरे पछि भारतीय छनोटकर्ताहरुको आलोचना पनि भएको थियो ।

वेष्ट इन्डिजका तथा बिश्वकै महान ब्याट्स्म्यान लाराले पनि यादव टोलीमा पर्नु पर्ने खेलाडी रहेको बताएका छन् । “सुर्यकुमार निकै क्लास खेलाडी हुन् । उनी खेलमा कुनै दवाब लिदैनन् । उनले मुम्बई इन्डियन्सका लागि यो सिजन निभाएको भूमिका त्यसको उदाहरण पनि हो,” लाराले भने ।

“उनले देखाएको धैर्यताका लागि उनले भारतका लागि एक खेल भएपनि खेल्न पाउनु पर्ने थियो । उनले मुम्बईसँग खेल्दा पनि दुई ओपनर आउट भए पछि नम्बर तीनमा आएर राम्रो भूमिका निर्वह गरेका थिए र सबैलाई थाहा छ कि नम्बर तीन ब्याट्स्म्यान तपाईंको टोलीका लागि कति महत्वपूर्ण हुने गर्छ,” लाराले थपे ।

Click to comment

Trending