Headline

युनाइटेडमा चार वर्ष बितिसक्दा पनि टिममा फिट हुन नसकेका पोग्बा

Published

on

अथाह आर्थिक स्रोतका बावजुद एक दक्ष टिमको रुपमा चल्न नसक्नु म्यानचेस्टर युनाइटेडको असमर्थतालाई ओले गुनर सोल्सायरको टिममा स्थापित हुनका लागि पउल पोग्बाले गर्नु परेको संघर्षले जीवन्त बनाउछ ।

फ्रान्सका लागि नियमित चम्किएका पोग्बाले गत साता मात्र फ्रान्स नेसन्स लिगको सेमिफाइनल पुगेको बेला आफ्नो क्लबको स्तरको बारेमा बोल्दै निराशा पोखेका थिए । र यो उनले पहिलो पटक गरेका भने होइनन् ।

युनाइटेडको युथ एकेडेमी प्रोडक्ट पोग्बालाई युभेन्टसमा फ्रि एजेन्टको रुपमा बेचिसकेपछि २०१६ मा किर्तिमानी ८९ मिलियन पाउन्डमा फेरी ओल्ड ट्राफोर्ड भित्र्याएको थियो । युनाइटेडमा फर्किएका पोग्बाले सिजनको शुरुवातमा राम्रै गरेका थिए । समर्थकहरु पनि खुशी र युनाइटेड पनि आफ्नो पैसाको सदुपयोग भएको ढुक्क देखिन्थ्यो ।

तर सिजनको मध्य तिर प्रशिक्षक होजे मोउरिन्होसँग भएको खटपट र उनको खेलमा परेको प्रभावले युनाइटेडमा चिन्ता उत्पन्न हुन थाल्यो । पोग्बालाई लगातार बेञ्चमै राख्नु माउरिन्हो २०१८ मा ओल्ड ट्राफोर्डबाट बाहिरिनु धेरै मध्येको एउटा कारण थियो ।

माउरिन्हो पछि सोल्सायर आएको दुई बर्ष बितिसक्दा उनी पनि त्यही निष्कर्षमा पुगिसकेका छन् ।

यो सिजन युनाइटेड पछिल्ला पाँच खेल मध्ये उनले शुरुवाती ११ मा स्थान पाउदा पोग्बाकै कारण प्राप्त भएको पेनाल्टीमा आर्सनलले १–० को जित रच्यो ।

सोल्सायरले पोग्बालाई चारमध्ये तीन लिग खेलमा शुरुवाती ११ मा खेलाउदा युनाइटेड ओल्ड ट्राफोर्डमै पराजित भएको छ । यसमा टोटनह्यामसँगको ६–१ को लज्जास्पद हार पनि छ जसमा पोग्बाकै कारण स्पर्सले एक पेनाल्टी पनि पाएको थियो ।

कुनै समय पोग्बासँग आफ्नो स्थानमा कायम रहन स्टार पावर र महँगो मुल्यको ट्याग थियो तर अहिले उनी युनाइटेडका प्रभावशाली मिडफिल्डरहरु मध्ये पनि पर्दैनन् ।  २०१९ को जनवरीमा मात्रै युनाइटेड आएका ब्रुनो फर्नान्डेजले ३४ खेलमा १९ गोल गरिसक्दा पोग्बाले भने अझै पनि आफ्नो स्थानका लागि युनाइटेडमा संघर्ष गर्नु पर्ने देखिन्छ ।

चोटका कारण केही खेलहरु गुमाए पनि पोग्बालाई मंगलबार हुने च्याम्पियन्स लिगमा इस्तानबुल बसिकशेरसँगको खेलका लागि फिट हुने आशामा सोल्सायर छन् ।

दशा लागेको जसरी थालिएका पोग्बाको करिअरमा अझै पनि रङ्ग भर्ने हो भने सोल्सायारले केही समय भित्र नै फर्नान्डेज र पोग्बा बिच कसरी तालमेल मिलाउने सोच्नु पर्दछ किन कि जब यि दुई खेलाडीले क्रिस्टल प्यालेस, ब्राइटन र टोटनह्यामसँग सँगै मिडफिल्डमा खेलेका थिए तब युनाइटेडले तीन खेलमा ११ गोल खान पुगेको थियो ।

युनाइटेडका लागि यो सिजन च्याम्पियन्स लिगमा आरबि लाइपजिगलाई ५–० ले हराउदा निकै राम्रो प्रदर्शन गरेका पोग्बाले त्यो खेलका लागि फर्नानडेजलाई बेन्चमै सिमित पारिदिएका थिए ।

धेरै फुटबल विश्लेषकहरुले पनि पोग्बा नराम्रा खेलाडी नभएका र सोल्सायरलाई उनको राम्रो प्रयोग गर्न नआएको आरोप लागिरहदा आउने जनवरी वा अर्को सिजनसम्म धेरै मौका नपाए पोग्बालाई फ्रि एजेन्टको रुपमा गुमाउनु पर्ने बताउदै आएको छन् ।

पोग्बाले पनि रियल म्याड्रिडको नामको रटान लगाइरहेको समयमा युनाइटेडले आफ्नो सबै भन्दा महङ्गो खेलाडीलाई फ्रि–एजेन्टको रुपमा बिना पुनै पैसा पठाउनु जस्तो दुर्भाग्यको कुरा के होला र ?

Click to comment

Trending