Headline

पिके कम्तिमा पनि दुई महिनाका लागि बाहिर

Published

on

बार्सिलोनाले आफ्नो डिफेण्डर जेरार्ड पिकेको चोट निकै गम्भिर रहेको र उनी दुई महिनासम्म मैदान बाहिर रहन सक्ने पुष्टि गरेको छ ।

शनिबार स्पेनिस ला लिगा अन्तगर्त एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा एन्जल कोरिआसँग ठोक्किएपछि पिके रुदै मैदान बाहिरिएका थिए । “घुँडाको परिक्षणपछि उनको लिगामेन्ट नराम्ररी च्यातिएको र दायाँ घुडाको एसिएलमा चोट देखिएको छ,” बार्सिलोनाले भनेको छ ।

राइट ब्याक र सेन्ट्रल मिडफिल्डरको रुपमा पनि खेल्न सक्ने सर्जि रोबर्टो पनि तिघ्राको माँसपेसी च्यात्तिएपछि दुई महिना बाहिर रहने भएको बार्साले पुष्टि गरेको छ । क्लबले पिकेको पुनरागमनको बिषयमा कुनै आधिकारिक बक्तब्य नदिएपनि स्पेनिस प्रेसका अनुसार उनी कम्तिमा पनि दुई देखि ६ महिनासम्म मैदान बाहिर रहने बताएका छन् ।

पिकेको अनुपस्थितिपछि बार्सिलोनामा अब क्लेमेन्ट लेँगलेट मात्रै फिट सेन्ट्रल डिफेण्डरको रुपमा रहने छन् । स्यामुएल उम्टिटी र रोनाल्ड अजुरो पनि चोटका कारण बाहिर रहेका छन् ।

Click to comment

Trending