Headline

रोनाल्डो सबैको लागि उदाहरण हुन्, बस उनले खेल्नु पर्योः पिर्लो

Published

on

युभेन्टस प्रशिक्षक आन्द्रे पिर्लोले पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै क्लबको जितमा दुवै गोल गरेपछि उनको तारिफ गरेका छन् ।

रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस काग्लियरीलाई २–० ले हराउदै इटालियन सिरी आ को दोश्रो स्थानमा उक्लिएको छ । युभेन्टसको ८ खेलबाट १६ अंक भएको छ भने शिर्ष स्थानमा एसि मिलानको ७ खेलबाट १७ रहेको छ ।

नापोलीलाई आइतबारको खेलमा हराउने हो भने एसि मिलानले चार अंकको स्पष्ट अग्रता भने कायम गर्नेछ । आइतबार नै हेलास भेरोनासँग खेल्न गइरहेको सासुलोको १५ अंक छ ।

रोनाल्डोले पछिल्लो पाँच खेलमा आठ गोल गरिसकेका छन् । “जब तपाईसँग रोनाल्डो जस्ता च्याम्पियन खेलाडी साथमा हुन्छन्,तपाई जुन पनि परिणाम प्राप्त गर्न सक्नु हुन्छ । उनी सबैको लागि एक उदाहरण हुन् र उनले यसरी नै खेलिदिए मात्रै पनि पुग्छ,” पिर्लोले खेलपछि भने ।

“हाम्रो लागि यस्तो परिणाम निकै महत्वपूर्ण थियो । हामीले शुरु देखि नै राम्रो खेल्यौं र पूर्ण रुपमा दवाब कायम सफल भयौं,” पुर्व युभेन्टस स्टार पिर्लोले भने ।

सिरी आ मा १४ अंक रहेका चारटिम मध्ये एट्लान्टा र लाजियो पनि रहेका छन् । लाजियोले शनिबार नै क्रोटोनलाई २–० ले हराएको थियो भने एट्लान्टा अप्रत्याशित रुपमा स्पेजियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

Click to comment

Trending