Headline

प्रिमियर लिगमा आज: लिड्स र आर्सनल भिड्दै, लिभरपुललाई लेस्टरको चुनौती

Published

on

प्रिमियर लिगमा आईतबार हुने लिड्स युनाइटेडले आर्सनलको सामना गर्दै छ ।

पछिल्ला सात भेटमा आर्सनललाई एक खेलमा पनि पराजित गर्न नसकेको लिड्सले अन्तिम पटक २००३ मा आर्सनललाई हराएको थियो । आर्सनलका लागि यो खेल निकै महत्वपूर्ण हुने छ । आर्सनल भित्र खेलाडीबीच मनमुटाव र प्रशिक्षक मिकल आर्टेटाले टिमको प्रदर्शनको बारे गरेको आलोचनाका कारण यो खेलका लागि केही ठुलो खेलाडीहरु बेन्चमा बस्ने अनुमान लगाउन सकिन्छ ।

लिड्सको खेलका लागि भएको अभ्यासमा डिफेन्डर डेभिड लुइजले स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई नाकमा मुक्का प्रहार गरेका थिए । यहि कारण पनि  यो खेलका लागि यि दुवै खेलाडीहरु बेन्चमा रहन सक्ने छन् ।

प्रशिक्षक मार्सेलो बिएल्साको आगमन  देखी नै लगातार तीन खेल नहारेको लिड्सले यो खेलमा पराजित हुने हो भने पहिलो पटक ठूलो खराब नतिजा व्यहोर्ने छ ।

खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै अर्को ठुलो खेलमा चोटग्रस्त लिभरपुलले लेस्टर सिटीको सामना गर्ने छ ।

लिभरपुलको सबै भरपर्दा डिफेन्डरहरु यो खेलका लागि घाइते रहेका छन् । एवर्टन विरुद्धको खेलमा कप्तान भर्जिल भान डाइकलाई चोट लागे पछि लिभरपुलका  खेलाडीहरुले लगातर  चोट बोक्न थालेका थिए

खेलाडीहरु चोटग्रस्त हुन थालेपछि प्रशिक्षक योर्गन क्लोपले पाँच खेलाडी सब्स्टिच्युटको नियम फेरी ल्याउन पनि आग्रह गरेका थिए । तर अहिले सम्म त्यो नियम फेरी नआइसक्दा यो खेलमा भने लिभरपुलको रक्षापङ्तीमा कुन खेलाडी खेल्ने छन् भनेर अनुमान लगाउन निकै कठिन रहेको छ ।

कोरोना भाईरसका कारण मोहम्मद सलाहले यो खेल गुमाउने छन् भने स्कट्ल्याण्डको टोलीमा घुँडामा चोट बोकेका एन्ड्रु रोबर्ट्सन नदेखिन सक्छन् ।

सिजनमा राम्रो सुरुवात गरेको लेस्टरले जित हात पार्ने हो भने २१ अंकका साथ शिर्ष स्थानमा उक्लिने छ ।

यो खेल नेपाली समय अनुसार १:०० बजे सुरु हुने छ ।

Click to comment

Trending