Headline

बार्सिलोनाको एट्लेटिको माथिको एक दशक देखिको राज समाप्त

Published

on

यानिक कारास्कोले निर्णायक गोल गर्दा एट्लेटिको म्याड्रिडले बार्सिलोनामाथि एक दशकमा पहिलो पटक स्पेनिस ला लिगामा जित हात पारेको छ ।

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा कारास्कोले जेरार्ड पिके र गोलकिपर आन्द्रे टेर स्टेजनको गल्तिको फाइदा उठाउदै पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए ।

एक दशकमा पहिलो पटक बार्सिलोनालाई ला लिगामा पराजित गर्दा ८ खेलपछि एट्लेटिकोले शिर्ष स्थानमा बार्सिलोनामाथि ९ अंकको फराकिलो अग्रता बनाएको छ ।डिएगो सिमिओनेको एट्लेटिको शिर्ष स्थानमा रियल सोसिडाडसँगै समान २० अंक रहेको छ भने उसले एक खेल कम पनि खेलेको छ ।

सोसिडाड आइतबारको खेलमा यसै सिजन प्रथम श्रेणीमा उक्लिएको काडिज बिरुद्ध खेल्दैछ । बार्सिलोना भने ११ अंकसहत १० औं स्थानमा रहेको छ । ९ अंकको अन्तर भनेको धेरै फराकिलो हो । लिग धेरै लामो छ र धेरै खेल बाकी छन् तर यो पराजयले हामीलाई लगातार धेरै जित हात पार्नु पर्ने अवस्थामा छोडेको छ, बार्सिलोना प्रशिक्षक रोनाल्ड कोमनले भने ।

बार्सिलोना निकै कमजोर देखिएको खेलमा बेल्जियन मिडफिल्डर कारास्कोले खाली पोस्टमा गोल गरेका थिए । मिडफिल्डको नजिकै पिकेले बलमाथिको नियन्त्रण गुमाए । टेर स्टेजन कारास्कोलाई दिइन लागेको पास रोक्न पोस्टबाट धेरै पर निस्किए तर कारास्कोले उनको खुट्टाकोबीच बाट बल निकाल्दै खाली पोस्टमा गोल गरेका थिए ।

एट्लेटिकोले पछिल्लो पटक ला लिगामा बार्सालाई २०१० को फेब्रुवरीमा २–१ ले हराएको थियो । त्यसपछि भएका २० खेलहरुमा बार्सिलोनाले १४ मा जित हात पारेको थियो भने ६ वटा खेल बराबरीमा टुङ्गिएको थियो । शनिबारको जित सहित एट्लेटिको आफ्नो घरेलु मैदानमा लगातार १९ खेलमा अपराजित रहेको छ ।

शनिबारको अन्य खेलमा नै डिफेन्डिङ्ग च्याम्पियन रियल म्याड्रिड भिलारियालसँग बराबरीमा रोकिदा शिर्ष स्थानमा पुग्ने मौका चुकाएको थियो । अर्को खेलमा सेभियाले सेल्टा भिगोलाई ४–२ ले हरायो भने लेभान्तेले एल्चेसँग १–१ को बराबरी खेलेको थियो ।

Click to comment

Trending