Headline

सिटी लाई पराजित गर्दै टोटनह्याम २०१४ पछि पहिलो पटक शिर्ष स्थानमा

Published

on

म्यानचेस्टर सिटीलाई २-० ले हराउदै टोटनह्याम हट्सपर २०१४ को जनवरी पछि पहिलो पटक प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

टोटनह्यामको जितमा सन ह्युङ मिन र जियोभानी लो सेल्सोले गोल गरेका थिए ।

खेलको पाँचौ मिनेट मै टोटनह्यामले अग्रता लिएको थियो । टोङ्गी एन्डोम्बेलेको पासलाई सदुपयोग गर्दै ह्युङ मिन सनले गरेको प्रहारलाई एडरसनले रोक्न नसके पछि टोटनह्यामले खेलमा १-० को अग्रता लिएको थियो । सिटीको लगतार आक्रमणलाई बिफल पारेको टोटनह्यामको डिफेन्स पहिलो हाफमा निकै नै बलियो देखिन्थियो ।

दोस्रो हाफमा पनि निकै चुस्त देखिएको टोटनह्यामको डिफेन्सले सिटीको निकै राम्रो प्रयासहरुलाई बिफल बनाएको थियो । सिटीको आक्रमणहरुलाई डिफेन्स गर्दै काउन्टर अट्याकमा बादलएको टोटनह्यामले ६५ औँ मिनेटमा अर्को गोल गरेको थियो । प्रशिक्षक होजे मोउरिन्होले उत्कृष्ट खेलाडी चयन गर्दै एन्डोम्बेलेको स्थानमा जियोभानी लो सेल्सोलाई मैदान प्रवेश गराए पछि टोटनह्यामले दोस्रो गोल गरेको थियो । दोस्रो गोलका लागि कप्तान ह्यारी केनले राम्रो खेल बनाउदै दिएको पासलाई लो सेल्सोले गोल गरेका थिए ।

लो सेल्सोको यो पहिलो प्रिमियर लिग गोल हो ।

जितसँगै २० अंक बनाएको टोटनह्याम २०१४ को जनवरी पछि पहिलो पटक प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा भने १८ अंकका साथ चेल्सी रहेको छ ।

Click to comment

Trending