Headline

अग्रता जोगाउन नसक्दा भिल्लारियलसँग बराबरीमा रोकियो रियल म्याड्रिड

Published

on

खेलको शुरुवातमा नै  पाएको अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्लारियलसँग १-१ को बराबरीमा रोकिएको छ ।

खेलको दोस्रो मिनेटमै मरियानो डियाजले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । ड्यानी कार्भाजलले दिएको क्रस पासमा डियाजले हेडिङ गोल गरेका थिए । पहिलो हाफमा अग्रता दोब्बर पार्ने केही राम्रो मौका गुमाएको रियल म्याड्रिडले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा भने रियलले अर्को गोल गर्ने धेरै मौकाहरु गुमाएको थियो । ५८ औँ मिनेटमा रियलका लागि डियाजले राम्रो मौका खेर फ्यालेका थिए । तर खेलको ७४ औं मिनेटमा गोलरक्षक थिबो कोर्टुवाले साम चुकेवेजेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिल्लारियलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई केही गल्ती नगरी जेराड मोरेनोले गोल गरे पछी भिल्लारियलले खेल बराबरीमा ल्याएको थियो ।

त्यस पछी पनि भिल्लारियलले गोल गर्ने शुवर्ण अवसर चुकाएको थियो । ९० मिनेट पछि थपिएको इन्जुरी समयको खेलमा भिल्लारियलले गोल गर्न नसके पछि खेल बराबरीमा सक्किएको थियो ।

बराबरीसँगै भिल्लारियल दोस्रो स्थानमा रहेको छ भने रियल चौँथो स्थानमा रहेको छ ।शीर्ष स्थानमा रहेको रियल सोसीडाडको भने ९ खेलमा २० अंक रहेको छ ।

 

Click to comment

Trending