Headline

न्युकासललाई हराउदै चेल्सी शिर्ष स्थानमा

Published

on

अन्तराष्ट्रिय बिश्राम पछि प्रिमियर लिगको पहिलो खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २-० ले हराउदै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

चेल्सीले एक गोल उपाहार स्वरुप आत्मघाती गोलको रुपमा पाएको  थियो भने अर्को गोल ट्यामी अब्राहमले गरेका थिए ।

खेलको दसौँ मिनेटमा चेल्सीले पहिलो गोल गरेको थियो । मेसन माउन्टको क्रसलाई क्लियर गर्ने क्रममा न्युकासलका फेड्रिको फर्नान्डेजको खुट्टामा लाग्दै गोल हुन पुगेको थियो । पहिलो हाफ आफ्नो पक्षमा मात्र राखेको चेल्सीले ८० प्रतिसत बल पोजिसन आफुसँग राखेको थियो । चेल्सीका लागि पहिलो हाफमा धेरै मुभहरु बनेको थियो । चेल्सीका लागि अत्याधिक मौका बनाएका टिमो वर्नरले गोल भने गर्न सकेका थिएनन् ।

दोस्रो हाफमा भने चेल्सीले दोस्रो गोल गर्न सफल भएको थियो । ६५ औँ मिनेटमा चेल्सीका लागि टिमो वर्नरको पासमा ट्यामी अब्राहमले गरेका थिए । दोस्रो हाफमा न्युकासलले केही लय समाएको थियो । ७२ औँ मिनेटमा न्युकासलका लागि सिन लङस्टाफले गरेको प्रहार क्रसबारमा लग्न पुग्यो  ।

खेलको अन्तिम समयमा निकै राम्रो मौकाहरु बनाए पनि गोल गर्न नसक्दै पराजित भएको न्युकासल १३ औँ स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनको ८:४५ बजे सामना गर्दै छ भने अर्को खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीको सामना गर्ने छ । सिटीलाई हराउने सकेमा टोटनह्याम शिर्ष स्थानमा उक्लिने छ ।

 

Click to comment

Trending