Headline

डर्ट्मण्ड स्टार हालांडलाई गोल्डेन बोइ २०२० अवार्ड

Published

on

बोरुसिया डर्ट्मण्डका स्टार खेलाडी एर्लिङ हालांडले २१ बर्ष मुनीका खेलाडीलाई दिइने गोल्डेन बोइ अवार्ड २०२० जितका छन् ।

युरोपको शिर्ष डिभिजनको लिगमा २१ वर्ष भन्दा कम उमेरका उत्कृष्ट खेलाडीहरुलाई दिइने यो गोल्डेन बोइ अवार्ड अघिल्लो वर्ष भने पोर्चुगिज तथा एट्लेटिको म्याड्रिडका फर्वार्ड जाओ फिलेक्सले जितेका थिए ।

नर्वेका खेलाडी हालांडले उनकै साथी खेलाडी जेडेन सान्चो,बायर्न म्युनिखका अल्फोन्सो डेभिज,म्यानचेस्टर युनाइटेडका मेसन ग्रिनवुड र बार्सिलोनाका उदाउदा खेलाडी अंशु फातीलाई पछाडि पार्दै यो अवार्ड जितेका हुन् ।

हालांडले अघिल्लो सिजन कुल ४४ गोल गरेका थिए । ४४ मद्धे १६ गोल सिजनको बिचमा अष्ट्रियाको रेडबुल साल्जबर्ग छोड्दै डर्ट्मण्ड आए पनि उनले १८ खेलमा गरेका थिए ।

यो वर्ष पनि हालांड निकै फममा देखिएका छन् । २०२०/२०२१ को च्याम्पियन्स लिगमा पनि चार गोल गरिसकेका उनको ११ च्याम्पियन्स लिग खेलमा ११ गोल नै रहेको छ ।

उनलाई स्पेनिस महारथी रियल म्याड्रिड र प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड जस्ता ठुला क्लबहरुले आफ्नो लक्ष्य मानेका छन् ।

उनले यो बिषयमा बोल्दै आफु जुन लिग पनि खेल्न सक्ने तर अहिले भने बुन्डेसलिगामा आफु केन्द्रित रहने बताएका थिए ।

 

Click to comment

Trending