Headline

तेश्रो पटक सन्यासबाट फर्कदै कोनोर म्याक्ग्रेगर

Published

on

युएफसीका पुर्व दुई वेट च्याम्पियन कोनोर म्याक्ग्रेगर तेश्रो पटक सन्यासबाट फर्कदै डस्टिन पोरियरसँगको दोश्रो फाइटका लागि तैयार भएका छन् ।

३२ बर्षिय आइरिस फाइटर म्याक्ग्रेगरले गत जुनमा चार बर्षमा तेश्रो पटक सन्यास लिएका थिए । २३ जनवरीका लागि तय गरिएको फाइटका लागि म्याक्ग्रेगरले सम्झौता गर्ने नगर्ने बिषयमा कुनै चिन्ता नरहेको युएफसीका अध्यक्ष डाना ह्वाइटले बताएका छन् ।

“म्याक्ग्रेगरले फाइट गर्न चाहन्छु भन्छन् भने उनी शत प्रतिशत उपस्थित हुनेछन्,” समर्थकहरुले पनि फाइट हेर्न सक्ने आशा राख्दै ह्वाइटले भने । कोभिड–१९ महामारी केही कम भएयता युएफसीले ह्वाइटको निजि फाइट आइल्याण्डमा थुप्रै इभेन्टहरु आयोजना गर्दै आएको छ ।

युएफसी २४६ अन्तर्गत जनवरीमा भएको आफ्नो पछिल्लो फाइटमा म्याक्ग्रेगरले डोनाल्ड सेरोनलाई हराएपछि मिक्स्ड मार्सियल आर्ट्समा २२–४ को रेकर्ड राखेका थिए ।

२०१४ मा अमेरिकाको लास भेगासमा भएको अघिल्लो भिडन्तमा म्याक्ग्रेगरले हाल ३१ बर्ष पुगिसकेका पोरियरलाई पहिलो राउण्डमै हराएका थिए ।

पोरियरले आफ्नो अघिल्लो फाइटमा ड्यान हुकरलाई जुनमा पराजित गरेका थिए ।

Click to comment

Trending