Headline

मोनाकोको पिएसजीमाथि उत्कृष्ट पुनरागमन जित

Published

on

दुई गोलले पछि परेको स्थितिलाई उल्टाउदै मोनाको पेरिस सेन्ट जर्माइन (पिएसजी) माथि ३–२ को सनसनीपूर्ण जितका साथ फ्रेञ्च लिग वानको दोश्रो स्थानमा उक्लिएको छ ।

स्टार स्ट्राइकर किलियन एमबाप्पेले पहिलो हाफमै दुई गोल गरेपनि मोनाकोले पिएसजीको आठ खेलको बिजयी यात्रामा पूर्णविराम लगाएको थियो । शिर्ष स्थानमै रहेको पिएसजीको ११ खेलबाट २४ अंक रहेको छ भने मोनाकोको २० अंक भएको छ । लिलको १९ अंक रहेको छ ।

दोश्रो हाफमा निकै नै सुधारिएको प्रदर्शन गरेको मोनाकोका लागि केभिन भोल्याण्डले दुई गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने ८४ औं मिनेटमा सेस फाब्रिगासले पेनाल्टीमा गोल गर्दै मोनाकोलाई उत्कृष्ट जित दिलाएका थिए ।

पहिलो हाफमा पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको पिएसजीको अन्य दुई गोललाई मान्यता दिइएको थिइएन । मोइजे किन र एमबाप्पेले गरेको गोललाई अफसाइड दिइएको थियो ।

पिएसजीले यो खेल अघि ८ वटा खेलबाट मात्र एक गोल खाएको थियो तर एमबाप्पे, नेमार र किन सबैले एकैपटक पुनरागमन गरे पनि पिएसजीले २०१६–१७ को लिग वान बिजेता बिरुद्ध जित निकाल्न सकेन । मोनाकोले आफ्नो शुरुवाती ११ मा ८ जना खेलाडी अण्डर–२३ उमेर समुहको उतारेको थियो ।

Click to comment

Trending