Headline

रोनाल्डो बाचा अनुसार नखेलेपछि दक्षिण कोरियामा समर्थकलाई क्षतिपुर्ति दिन आदेश

Published

on

दक्षिण कोरियाको एक अदालतले पोर्चुगिज सुपरस्टार गत बर्ष आयोजना गरिएको प्रदर्शनी खेलमा क्रिष्चियानो रोनाल्डोलाई बाचा गरिए अनुसार उपस्थित गराउन असफल भएपछि समर्थकहरुलाई क्षतिपुर्ति दिन आदेश दिएको छ ।

पाँच पटकका बालोन डि ओर बिजेता तथा युभेन्टस स्टार रोनाल्डो गत बर्ष के लिग अल स्टार बिरुद्धको प्रदर्शनी खेल दौरान रोनाल्डो पुरै समय बेञ्चमा बसेका थिए । सोल बिश्वकप रँगशालामा ३–३ को बराबरीमा सक्किएको खेल दौरान उपस्थित ६५ हजार दर्शकले लगातार रोनाल्डोलाई खेलाउन अनुरोध गरेपनि उनि मैदान नउत्रदा बिरोध समेत गरेका थिए ।

म्याचका प्रमोटर द फास्टाले रोनाल्डो खेल्छन् भन्दै प्रदर्शनी खेलको ब्यापक प्रचार प्रसार गरेपछि सबै टिकट बिकेको थियो । २००२ को बिश्वकप सेमिफाइनल पुगेको दक्षिण कोरियामा रोनाल्डोका लाखौं समर्थकहरु रहेका छन् ।

सोल जिल्ला अदालतले मुद्दा लिएर गएका १ सय ६२ समर्थकहरुलाई टिकटको आधा पैसासँगै ४५ डलर अतिरिक्त क्षतिपुर्ति दिन निर्देशन दिएको छ । ३० हजार देखि ४० हजार दक्षिण कोरियाली वोनसम्मका तय गरिएका टिकटहरु तीन दिनमै बिकेको थियो । अदालतले रोनाल्डोलाई हेर्न आएका समर्थकहरुलाई भावनात्मक रुपमा चोट पुगेको ठहर गरेको थियो ।

रोनाल्डो अथवा युभेन्टसबिरुद्ध भने कुनै निर्णय दिइएको छैन । एक अर्को जिल्लाको अदालतले पनि दुई समर्थकहरुलाई झुटो प्रचार प्रसार गरिएको भन्दै क्षतिपुर्ति दिन निर्देशन दिएको थियो ।

रोनाल्डोको अनुपस्थितिका कारण दर्शकहरुको रिस दक्षिण कोरियामा सामान्य जीवनका सर्वसाधारण मानिससम्म फैलिएको थियो भने कोही बाचा गरेर नआउदा एक्टिङ्ग लाइक रोनाल्डो भनेर नयाँ अनलाईन बाक्यांश नै बनाइएको थियो ।

के–लिगले युभेन्टसलाई धोकाधडीको आरोप लगाउदै माफी माग्न भनेको थियो भने एक समर्थक रोनाल्डोलाई उनी नखेलेको कारण सोध्न कोरियाबाट प्लेन चढेर स्विडेन नै पुगेका थिए । प्रि सिजन टुरमा फ्लाइट डिले भएपछि मैदानमा ढिलो पुगेको युभेन्टसले खेल पनि एक घण्टा ढिलो खेलेको थियो ।

Click to comment

Trending