Headline

नेपालले घरेलु मैदानमा पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तान टोली विरुद्ध डिसेम्बर (अर्को महिना) दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी थालेको हो ।

विस्पोर्ट्जलाई प्राप्त जानकारी अनुसार एन्फासँग अन्य केही देशहरुले पनि नेपाल आएर खेल्ने इच्छा देखाएको र हालको लागि पाकिस्तान आउने निश्चित भइसकेको छ । एन्फा स्रोत भन्छः “हामीले धेरै देशसँग छलफल गरिरहेका छौं । धेरै जसो देशले आफ्नै घरेलु मैदानमा खेल्नका लागि निम्ता पनि दिएका छन् । तर हामी नेपालमा नै खेल्न चाहन्छौं । त्यस मध्ये पाकिस्तान नेपाल आउन तयार रहेको छ । सबै कुरा हामीले सोचे अनुसार भयो भने नेपालले पाकिस्तानसँग दशरथ रंगशालामा खेल्नेछ ।”

अहिले नै के कतिवटा खेल खेल्ने भन्ने विषय भने निश्चित भैसकेको भने छैन । तर पनि दुईवटा खेलका लागि एन्फाले पहल गर्दैछ । त्यस्तै मैत्रीपूर्ण खेल खेल्नका लागि पनि अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) को मैत्रीपूर्ण खेलको विन्डो कुर्न पर्ने हुन्छ ।

फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले मिति तय हुन मात्रै बाकी रहेको एन्फा स्रोतले बतायो ।

कोरोनाका कारण ठप्प रहेको नेपाली फुटबल चलायमान बनाउन एन्फा लागि परेको छ । एन्फाले घरेलु फुटबल आयोजना गर्न नसके पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्णहरुका लागि टिम बोलाउने पनि श्रोतले बतायो ।

हालै मात्र नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै करिब एक बर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको थियो । दुई खेल मध्ये नेपालले पहिलो खेलमा २–० को हारको सामना गरेको थियो भने दोश्रोमा गोलरहित बराबरी खेलेको थियो ।

Click to comment

Trending