Headline

एक दशकमा पहिलो पटक बार्सालाई हराउदै उपाधिमा दाबेदारी दिने एट्लेटिकोलाई अवसर

Published

on

बार्सिलोनासँग शनिबार हुने खेलको परिणामपछि एट्लेटिको म्याड्रिडको स्पेनिस ला लिगा चुनौति सफल वा असफल हुने छैन । बार्सिलोनाबिरुद्धको एक दशक देखिको खडेरीलाई समाप्त पार्दै एट्लेटिको उपाधिको दाबेदार बन्ने छ ।

सन् २०१० यता ला लिगामा बार्सिलोनाबिरुद्ध पहिलो जित रच्ने हो भने एट्लेटिको आफ्नो प्रमुख प्रतिद्वन्दी भन्दा ९ अंकले अगाडी रहनेछ भने अपराजित यात्रालाई पनि २४ खेलसम्म लम्ब्याउनेछ । यो सिजन सात खेल खेलेको एट्लेटिकोले १७ गोल गर्दै मात्र दुई गोल खाएको छ ।

उदीयमान पोर्चुगिज स्ट्राइकर जाओ फेलिक्स र सशक्त लुईस सुवारेजको प्रदर्शनमा आकर्षक शुरुवात गरेपनि एट्लेटिकोका लागि उपाधि जित्ने अवसर भने आफ्ना प्रतिद्वन्दीहरुको अपूर्णताको कारणले मिलेको छ ।

जुन लचकता र चातुर्यताका साथ चार महिना अघि ला लिगाको उपाधि जितेको थियो त्यसलाई जिनेदिन जिदानले गुमाइसकेको देखिन्छ भने उनको टोलीले दुई खेल हारिसकेको छ ।

रोनाल्ड कोमनको प्रशिक्षकत्वमा बार्सिलोना नयाँ शुरुवात गर्ने प्रयासमा त छ तर शनिबार वान्डा मेट्रोपोलिटानोको भ्रमण अघि उ आठौं स्थानमा रहेको छ भने बोर्डको निर्वाचन नजिकिदै गर्दा अहिले नै सबै समस्या समाधान हुने देखिदैन ।

दुई टिमको अपार सफलताको चक्रको समाप्त भएको भान हुदा एट्लेटिकोका लागि मार्ग प्रशस्त भएको देखिन्छ । आफै संक्रमणकालमा रहेको एट्लेटिकोको नयाँ पुस्ता गत सिजन केही कच्चा देखिएपनि अहिले भने स्थिर हुदा यो स्थितिको फाइदा उठाउन सक्ने पोजिसनमा पुगेको छ ।

पछिल्लो केही समय उत्कृष्ट प्रदर्शन गर्दै आएका अंशु फाती भने बार्सिलोनाको लागि उपस्थित हुने छैनन्

सबैभन्दा स्पष्ट उदाहरण हुन् २१ बर्षिय फेलिक्स जो पहिलो सिजनमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपनि दोश्रो सिजनको शुरुवाती चरणमा सबैभन्दा प्रभावशाली खेलाडीको रुपमा अगाडी आएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सुवारेज भने आफ्नो पुर्व क्लबबिरुद्ध खेल्न नसक्नु भने बिडम्बना हो ।

एट्लेटिकोले यो सिजन उपाधि जित्ने भनेको फेलिक्स र उनले क्लबलाई दिदै आएको गतिको माध्यमले नै हो । गत सिजन गरेको ९ गोल र असिस्ट उनले यो सिजनको शुरुवातमा नै पुरा गरिसकेका छन् र एट्लेटिकोको आक्रमणमा प्रमुख शुत्रधार रहदै आएका छन् ।

“फेलिक्स हामीसँग धेरै उत्कृष्ट क्षणहरुमा रहदै आएका छन् तर अहिले उनीसँग स्थिरता छ । यो उनको लागि ठूलो बर्ष हो र आशा गरौं उनी अझै खारिदै जाने छन्,” एट्लेटिको प्रशिक्षक डिएगो सिमियोनेले गत महिना भनेका थिए ।

फेलिक्सको अबको चुनौति भनेको यस्ता ठूला खेलमा निर्णायक भुमिका निभाउनु हो । फेलिक्सले सिमियोनेलाई यस्तो घातक टच टेखाउनु छ जुन यो खेलमा मेस्सीले मात्र बार्सिलोनालाई दिएका छन् । मेस्सीले गत बर्ष एट्लेटिकोलाई पराजित गर्दा उत्कृष्ट तवरले निर्णायक गोल गरेपछि सिमियोने आफैले ताली बजाएका थिए । एट्लेटिकोबिरुद्ध मेस्सीको त्यो ४० औं खेलमा ३१ औ गोल थियो ।

सिजनको शुरुवातमा बार्सा छोड्दा गरिएको असफल प्रयासपछि मेस्सी अझै पनि त्यो श्रृंखलाबाट बाहिर उम्कन नसकेपनि उनी सिमियोनेको टोलीका लागि काडा नै साबित हुनेछन् । बुधबार बिहानमात्र पेरुबिरुद्ध दक्षिण अमेरिकी बिश्वकप छनोटमा पुरै समय खेलेका कारण मेस्सीको खुट्टामा अन्य समयको तुलनामा ताजगी भने नहुन सक्छ ।

बार्सालाई चोटका कारण अनुपस्थित रहने अन्सु फाती र सर्जियो बुस्केको कमि पनि महसुस हुनेछ ।

Click to comment

Trending