Headline

प्रिमियर लिगमा फेरी पाँच सब्स्टिच्युटको नियम ल्याउने प्रकृया सुरु

Published

on

प्रिमियर लिगले फेरी पाँच सब्स्टिच्युसनको नियम ल्याउने प्रकृया सुरु गरेको छ ।

कोरोना भाईरसका कारण अघिल्लो सिजन रोकिएको खेलहरु फेरी सन्चालनमा आउँदा प्रिमियर लिगले एक खेलमा तीन सब्स्टिच्युटको नियममा परिवर्तन ल्याउदै एक खेलमा पाँच सब्स्टिच्युट सम्म गर्न मिल्ने नियम ल्याएको थियो ।

तर नयाँ सिजन सुरु भएसँगै तीन सब्स्टिच्युटको नियमलाई फर्काएको प्रिमियर लिगले फेरी पाँच सब्स्टिच्युट सम्मको नियम ल्याउन प्रकृया अघि सारेको हो ।

इङ्लिस फुटबल लिगका क्लबहरुले भने वुधबार अन्य युरोपको क्लबहरु जस्तै आफ्नो बेन्चमा खेलाडी बढाउने निधो गरेका थिए । इङ्लिस फुटबल लिगले यो नियम आउने खेलहरु देखी नै सुरु गर्ने छ ।

यता प्रिमियर लिगका क्लबहरुले  तीन बाट पाँच सब्स्टिच्युट गर्न मिल्ने नियमका लागि दुई पटक भोट गरिसक्दा धेरै क्लबहरुले भने यो नियमले ठुला क्लबहरुलाई मात्र फाईदा हुने बताउदै आएका छन् ।

प्रिमियर लिगले प्रकृया अघि बढाए पनि धेरै क्लब र व्यवस्थापकलहरु सहमत नहुने हो भने फेरी पनि तीन वा पाँच सब्स्टिच्युटको नियमका लागि चुनाव गर्नु पर्ने छ ।

 

 

Click to comment

Trending