Headline

पुर्व जर्मन स्टार पोडोल्स्की टिमको मद्दतका लागि हक्की खेलाडी बन्दै

Published

on

जर्मनीका पुर्व स्टार फुटबल लुकास पोडोल्स्कीले एक सामान्य बाचा गरे । जर्मन हक्की लिग टोली कोल्नर हेइका समर्थकहरुले एक लाख टिकट बिकाउने हो भने उनी भविष्यमा क्लबको लागि हक्की खेल्नेछन् ।

पोडोल्स्कीको शर्त पुरा भयो । कोभिड–१९ महामारीका कारण आर्थिक रुपमा प्रभावित कोल्नरको लागि पोडोल्स्कीको शर्तले केही राहत मिलेको छ । हक्की एरिनामा दर्शकहरुको उपस्थितिका कारण नै क्लबहरुको ८० प्रतिशत रेभेन्यु उठ्ने गरेको कोल्नर टोली बताउछ ।

“एक लाख टिकट बेच्न सफल भएको कारण म कोल्नरको लागि निकै नै खुशी छु । यसमा मद्दत गर्ने सबैलाई म धेरै धन्यवाद दिन चाहन्छु,” कोलोनमा हुर्किएका पोडोल्स्कीले भने । “अब सबै कुरा केही शान्त भएपछि क्लबसँग छलफल गर्दै कसरी अगाडी बढ्न सकिन्छ हेर्नेछु । जस्तो सुकै भएपनि म कोल्नरको खेलाडी हुनेछु ।”

पुर्व अमेरिकी हक्की स्टार र हालका कोल्नर फर्वार्ड जोनाथन मात्सुमोतोले पोडोल्स्कीलाई आफ्नो १० नम्बरको जर्सी दिने प्रस्ताव समेत गरिसकेका छन् । नयाँ सिजनको जर्मन हक्की लिग मार्चमा रोकिए यता डिसेम्बर १७ बाट शुरु हुनेछ ।

आर्सनल, बायर्न म्युनिख र इन्टर मिलानजस्ता युरोपका सशक्त क्लबहरुसँग व्यवसायिक फुटबल खेल्दै टर्किको गालातासारे हुदै पोडोल्स्की हाल अर्को टर्किस क्लब अन्तल्यासपोरका लागि खेलिरहेका छन् ।

जर्मनीका लागि १ सय ३० अन्तर्राष्ट्रिय खेलेका उनी २०१४ को बिश्वकप बिजेता टोलीको सदस्य रहेका थिए ।

Click to comment

Trending