Headline

रियललाई कप्तान सर्जियो रामोसको अनुपस्थितिले झड्का

Published

on

रियल म्याड्रिडले आफ्ना कप्तान तथा प्रमुख डिफेण्डर सर्जियो रामोसलाई ह्यामस्ट्रिङको चोटका कारण तीन खेलका लागि गुमाउने भएको छ ।

मङ्गलवार युएफा नेसन्स लिगमा जर्मनीलाई ६–० को बिशाल अन्तरले पराजित गर्दा रामोस पहिलो हाफमा मैदानबाट बाहिर निस्किएका थिए । रामोस १० दिनका लागि मैदान बाहिर रहेका छन् जसको अर्थ उनी च्याम्पियन्स लिगमा इन्टर मिलानबिरुद्धको अवे खेलसँगै ला लिगामा भिलारियाल र आलाभेसबिरुद्ध खेल्न असमर्थ हुनेछन् ।

भिलारियालबिरुद्ध अर्का डिफेण्डर राफेल भारानेलाई पनि गुमाउन गइरहेको रियलका लागि यो नराम्रो झड्का हो । काँधको समस्याबाट गुज्रिरहेका भारानेको अर्को परिक्षण शुक्रबार गरिने क्लबले पुष्टि गरेको छ ।

दुई प्रमुख खेलाडीको स्थानमा अब जिनेदिन जिदानले नाचो फर्नाण्डेज र कोरोना नेगेटिभ देखिएका एडर मिलिटाओ खेलाउन सक्नेछन् । अर्का प्रमुख खेलाडी एडेन हजार्डको कोरोना पनि नेगेटिभ आइसकेका कारण उनी शनिबारदेखि क्लब लागि उपस्थित हुनेछन् ।

अन्तर्राष्ट्रिय बिश्रामअघि भ्यालेन्सियासँग ४–१ ले स्थब्ध भएको रियल ला लिगामा पुनरागमन गर्ने प्रयासमा हुनेछ ।

Click to comment

Trending