Headline

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

Published

on

बङ्गलादेशमा करिब एक बर्षको अन्तराल पछि दुई मैत्रिपूर्ण खेल खेल्दै नेपाली टोली आज स्वदेश फर्किएको छ ।

बङ्गलादेश विरुद्धको पहिलो खेलमा २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भने सम्हालिएको खेल खेल्दै गोलरहित बराबरी खेल्न सफल भएको थियो ।

नेपालका लागि यो दुई खेलमा ६ नयाँ अनुहारले डेब्युको मौका पाएका थिए ।

कोरोना महामरीका कारण पुरै ठप्प रहेको फुटबल आठ महिना पछि चलायमान बनाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को अनुमतीमा बङ्गलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि पठाएको थियो ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन कोरोना भाईरसका कारण नेपाल आउन नसकेपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो भने किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको थियो ।

नेपाली खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका उपअध्यक्ष सिक्षित पराजुलीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।

Click to comment

Trending