Headline

‘म सधैं सबैको समस्या बनेर थाकिसके’

Published

on

बार्सिलोना स्ट्राइकर लियोनेल मेस्सी आफ्नो करिअरकै सबैभन्दा कठिन मोडमा आईपुगेका छन् । एकातर्फ कमजोर बार्सिलोनाको सम्पूर्ण प्रदर्शनको जिम्मेवारी लिनुपर्ने बाध्यता र अर्को तर्फ प्रशिक्षक रोनाल्ड कोमनसँग राम्रो हुन नसकेको सम्बन्ध ।

पछिल्लो समय समस्यै समस्याले ग्रस्त बनेको बार्सिलोनाको केन्द्रमा मेस्सी नै रहदै आएका छन् । केही दिन अघि एन्टोइन ग्रिजमनका काकाले मेस्सीलाई उनी बार्सिलोनाको सबै समस्याको जरा भएको आरोप समेत लगाए । यसलाई मेस्सीले निकै निराशापूर्णढँगले जवाफ दिए ।

अर्जेन्टिनामा विश्वकप छनोट खेलेर स्पेन फर्किएका मेस्सीले एक अन्तर्वार्तामा आफू सबैको समस्या बनेर थकिसकेको र बिमानस्थालमा झर्ना साथ कर तिर्नका लागि एजेन्टहरुले घेर्ने बताउदै निकै निराश भएका थिए ।

“म १५ घण्टा लामो यात्राा गरेर यहाँ । आए म निकै थाकेको छु तर आउने बित्तिकै यहाँ कर तिर्नका लागि कमिसन खोज्न एजेन्टहरु भेट्छु, यो निकै लाजमर्दो छ,” मेस्सीले भने । “म सधैं सबैको समस्या बनेको देखेर थाकिसके।”

मेस्सी र बार्सिलोना बिच केही बर्षदेखि खटपट भैरहेको छ । यही सिजनको शुरुमा मात्रै क्लब छोड्ने मनसाय बोकेका मेस्सीले क्लबलाई कानुनी कठघरामा उभ्याउन नचाहेकाले मात्रै नछोडेको बताएका थिए ।

अघिल्लो सिजन बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा ८–२ ले पराजित भये यता मेस्सी र बार्सिलोना बिच निकै ठुलो समस्या आएको थियो । उक्त लज्जास्पद हारपछि पुर्व अध्यक्ष जोशेप मारिया बार्तोमेउ माथि खनिएका मेस्सी त्यही समय देखी क्लब छोड्ने मनसायमा थिए ।

तर अहिलेको अवस्थामा बार्तोमेउ सहित उनको सिँगै बोर्डले राजीनामा दिएको अवस्थामा पनि मेस्सी अर्को सिजन बार्सिलोनामा बस्ने वा नबस्ने निश्चित रहेको छैन ।

ग्रिजमनमा काका इमानुएल लोपेजले मेस्सी बार्सिलोनामा जे गरे पनि खुशी नहुने र उनको भतिजको खेल खस्किएकोमा मेस्सी जिम्मेवार भएको बताएका थिए । “मेस्सी नै सबै समस्याका जरा हुन् । ग्रिजमनलाई पहिलो ६ महिना उनी सफल हुँदैनन् थाहा थियो तर त्यहा गएको एक सिजन बितिसक्दा पनि ग्रिजमनले आफ्नो फर्म समाउन सकेका छैनन्,” लोपेजले भनेका थिए ।

Click to comment

Trending