Headline

सानो उमेरमा डेब्यु गर्ने नयाँ किर्तिमानको संघारमा रहेका ‘वन्डरकिड’ मुकोको

Published

on

युवा खेलाडी युसुफा मुकोकोका लागि यो साता निकै खुशीका दिनहरु आउँदैछन् । उनी यो साता १६ वर्षका मात्र हुने छैनन्, बुन्डेसलिगामा बोरुसिया डर्टमण्डबाट डेब्यु गर्ने हो भने ईतिहास रच्दै जर्मन लिगमा खेल्ने सबै भन्दा कान्छा खेलाडी पनि बन्न सक्छन् ।

डर्टमण्डले २१ नोभेम्बरमा हर्था बर्लिन विरुद्ध खेल्दा जर्मन उमेर समुह फुटबलमा आफ्नो गोलले तहलका मच्चाएका मुकोकोले डेब्यु गर्दा उनी १६ बर्ष एक दिनको हुनेछन् ।

“म मेरा बारेमा आएका लेखहरु पढ्ने गर्छु तर ती लेखहरु पढेरमा आफुले आफुलाई दवाबमा रख्दिन,” मुकोकोले डर्टमण्डको वेबसाइटलाई बिरलै दिइएको एक अन्तर्वार्तामा भनेका थिए । उनले यदी यो साता आफ्नो डेब्यु नै गर्ने हो भने पनि आफूले कुनै चिन्ता नलिएको बताउछन् । “मलाई केही डर लागेको छैन र मलाई लाग्छ म मेरो डेब्यु यही साता गर्ने छु,” उनी भन्छन् ।

बुन्डेसलिगामा सबै भन्दा कान्छो उमेरमा डेब्यु गर्ने खेलाडी नुरी शाहीन हुन् । १६ बर्ष ३ सय ३५ दिनमा बुन्डेसलिगामा डेब्यु गर्ने कान्छा खेलाडीको उनको किर्तिमान खतरामा छ । तर शाहीन मुकोको सिनियर टोलीमै डेब्यु गरुन भन्ने चाहन्छन् किन भने शाहीनका लागि मुकोको खेल्ने गरेको अण्डर–१९ लिग निकै सहज छ जस्तो लाग्छ ।

मुकोकोलाई अवसर दिइएको खण्डमा उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि बन्न सक्छन् । बेल्जियन टोली एण्डरलेच्ट एफसीबाट १९९४–९५ च्याम्पियन्स लिग सिजनको समुह चरणमा खेल्दा सेलेस्टिन बाबायारो जम्मा १६ बर्ष ८७ दिन को रहेका थिए । डर्टमण्डले चाहेको खण्डमा यो किर्तिमान पनि भँग हुन सक्छ ।

युवा टोलीका लागि लगातार गोल गर्दै आएका मुकोको अहिले सिनियर टोलीसँग अभ्यास गर्दैछन् । १५ बर्षिय मोउकोको डर्टमण्ड अण्डर–१९ टोलीका कप्तान हुन् । उनले अहिलेको सिजन मात्रै पनि चार खेलमा १३ गोल गरिसकेका छन् ।

उनको खेलको तथ्यांक नै हेर्ने हो भने पनि निकै उत्कृष्ट रहेको छ । अण्डर–१९ मा दुई सिजनमा २५ खेल मात्र खेलेका उनले ४७ गोल र १० असिस्ट दिइसकेका छन् ।

डर्टमण्डले क्यामरूनमा जन्मिएका यी किशोरलाई हाइपबाट टाढा राख्न ठुला मिडियालाई अन्तर्वार्ता नदिन निदेर्शन दिएको छ तर पनि मुकोको को प्रदर्शनले जर्मनी उनको फ्यान भैसकेको छ ।

जर्मनीका विश्वकप बिजेता प्रशिक्षक योचिम लु पनि मुकोको जस्तो प्रतिभा धेरै कम हुने बताउछन् । “मुकोकोमा यस्तो प्रतिभा छ जुन बिरलै देख्न पाईन्छ,“ लु ले भनेका थिए ।

उनी अहिले चारै तिर हिट छन् । उनको इन्स्टाग्राममा मात्रै यो लेख लेख्दा सम्मा ७ लाख ४५ हजार फलोवर्स रहेका छन् भने उनलाई नाइकीले युवा खेलाडीको लागि ठुलो प्रायोजन गरिसकेको छ ।

आशा गरौ उनले डर्टमण्डका लागि सानै उमेरमा डेब्यु गर्ने छन् र विश्वमा एउटा नयाँ स्टार खेलाडीको आगमन हुने छ ।

Click to comment

Trending