Headline

सन्दिप बिग ब्यासमा होबर्ट हुरिकेन्सबाट खेल्ने

Published

on

नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले यस सिजनको बिग ब्यास लिग होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आफ्नो सामाजिक सन्जालमा सन्दिपलाई तेश्रो बिदेशी खेलाडीको रुपमा आबद्ध गरेको जनाएको हो ।

बिग ब्यासको गत दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपलाई यस सिजन मेलबर्नले उनलाई यस सिजन भने आबद्ध गरेको थिएन । उनले दुई सिजनमा मेलबर्नको तर्फबाट २१ खेल खेल्दै १९ दशमलब ८० को औषतमा २६ विकेट आफ्नो नाममा दर्ता गराएका थिए । सन् २०१८ मा पहिलो पटक बिग ब्यास खेलेका सन्दिपले आठ खेलमा ११ विकेट हात पारेका थिए भने सन् २०१९ को सिजनमा १३ खेल खेल्दै १५ विकेट लिएका थिए ।

होबर्टले सन्दिपले जनावरीबाट मात्र टोलीमा आबद्ध हुने जनाएको छ । सन्दिप समयमा नै अस्ट्रेलिया पुग्ने भए पनि कोरोनाका कारण १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न पर्ने भएका कारण टोलीसँग भने ढिला गरेर सामेल हुने भएका हुन् ।

सन्दिपले आफु होबर्टमा आबद्ध हुन पाएकोमा खुशी भएको प्रतिक्रिया दिएका छन् । ‘होबर्ट परिवारसँग आबद्ध हुन पाएकोमा म निकै खुशी र कृतज्ञ छु । मैलें अस्ट्रेलियामा हुँदा सधैं माया र समर्थक प्राप्त गर्ने गरेको छु । त्यस्तै बिग ब्यासमा निकै प्रतिस्पर्धा हुने गर्दछ । ब्लंडस्टोन एरिनामा खेल्न निकै लालायित छु । ‘

होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफिथ पनि सन्दिपको आगममा निकै खुशी छन् । उनी सन्दिपको आगमनले आफ्नो बलिङ आक्रमणमा उनी एक्स फ्याक्टर हुने धारणा राखेका छन् ।

‘हामीलाई थाहा छ सन्दिपले आफ्नो रहस्यमय बलिङले कसरि खेल नै परिवर्तन गर्न सक्दछन् भन्ने कुरा । त्यस्तै उनले पारीको जुनै पनि समयमा बलिङ गर्ने क्षमता राख्द छन् भने आफुलाई एक विकेट लिन सक्ने खेलाडीका रुपमा पनि यस अघिका सिजनमा प्रमाणित गरिसकेका छन् । उनको आगमनले हाम्रो टोलीको बलिङ आक्रमण अझै उत्कृस्ट भएको छ ।’

होबर्टले आफ्नो बिदेशी खेलाडीमा सन्दिप बाहेक यस अघि नै दाविद मालन र किमो पौललाई आबद्ध गरिसकेको छ ।

Click to comment

Trending