Headline

नेपाल प्रिमियर लिग भारतीय कम्पनीलाई १० बर्षका लागि ४२ करोडमा बेच्दै क्यान

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले आफुले गर्ने भनेको ट्वान्टी ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग –एनपिएल ट्वान्टी ट्वान्टी) एक भारतीय कम्पनीलाई १० बर्षको लागि ४२ करोड रुपैयामा बेच्ने प्रकृया अगाडी सार्ने भएको छ ।

बुधबार क्यानको बार्षिक साधारण सभाले एनपिएल सम्झौतामा हस्ताक्षर अगाडी बढाउने प्रकृयाको जिम्मेवारी आफ्नो केन्द्रिय कार्य समितिलाई दिने निर्णय गर्यो । अक्टोबर २०१९ मा नयाँ कार्य समिति निर्वाचित भए लगत्तै गर्ने भनिएको नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको प्रमुख ट्वान्टी ट्वान्टी फ्रान्चाइज प्रतियोगिता हुनेछ ।

क्रिकेटिङ्गनेपाललाई प्राप्त डकुमेन्टका अनुसार क्यानले एनपिएललाई आफ्नो स्वामित्वमा राखेर भारतको राजधानी दिल्लीमा रहेको सेभेन थ्रि स्पोर्ट्स प्राइभेट लिमिटेडलाई ४२ करोडमा बेच्न लागेको हो । बुधबारको साधारण सभाले प्रस्तुत गरिएको ड्राफ्ट हुबहु पारित नगरेपनि नेपाली क्रिकेटको हित अनुकुल रहनेगरि केन्द्रिय कार्य समितिलाई नै बाकी जिम्मेवारी सुम्पिएको हो ।

सेभेन थ्रि स्पोर्ट्स र क्यानबीच प्रस्तावित सम्झौता अनुसार क्यानले सेभेन थ्रिबाट १० बर्षमा ४२ करोड पाउनेछ । प्रतियोगिता आयोजना, टेलिभिजन प्रशारण अधिकारको व्यवस्थापन, खेलाडीको ड्राफ्ट अथवा अक्सन, प्रायोजन अधिकार लगायतका सबै जिम्मेवारी सेभेन थ्रिले लिनेछ भने त्यसको आम्दानी पनि पूर्ण रुपमा भारतीय कम्पनीले नै लिनेछ ।

प्रस्तावित सम्झौता अनुसार सेभेन थ्रिले जुनियर क्रिकेट च्याम्पियनसिपको पनि आयोजना गर्नेछ । पहिलो सिजनको लाइसेन्स फि स्वरुप सेभेन थ्रिले क्यानलाई साढे दुई करोड दिने सम्झौता छ भने दोश्रो सिजनमा दुई करोड, तेश्रोमा साढे दुई करोड गर्दै प्रत्येक सिजन किस्ताबन्दीमा पैसा तिर्दै प्रतियोगिता आयोजना गर्नेछ ।

अन्तिम सिजनका लागि क्यानले ७ करोड ५० लाख रुपैया पाउने व्यवस्था रहेको छ ।

Click to comment

Trending