Headline

नेपाली राष्ट्रिय टोली भोली स्वदेश फर्कदै

Published

on

कोरोना महामरीको बिचमा बङ्गलादेशको ढाकामा भएको दुई मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली भोली स्वदेश फर्कने भएको छ ।

नेपाली टोली ढाकाबाट भोली दिउसो १२ बजे स्वदेश फर्किने छ ।

कोरोना महामरीका कारण पुरै ठप्प रहेको फुटबल आठ महिना पछि चलायमान बनाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को अनुमतीमा बङ्गलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि पठाएको थियो ।

नेपालले पहिलो खेल २-० ले हारे पनि दोस्रो खेलमा गोलरहित बराबारी खेल्दै सम्झनलायक प्रदर्शन गरेको थियो । दुवै खेलमा एक गोल पनि नगरेको नेपालले पहिलो भन्दा दोस्रो खेल निकै राम्रो खेलेको थियो ।

नेपाली टोलीका लागि ६ युवा खेलाडीले डेब्यु गरेका थिए ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन कोरोना भाईरसका कारण नेपाल आउन नसकेपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो भने किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको थियो ।

Click to comment

Trending