Headline

उरुग्वेलाई हराउदै ब्राजिल विश्वकप छनोटको शिर्ष स्थानमा

Published

on

अर्थर मेलो र रिचार्लीसनको गोलको मद्दतमा ब्राजिलले उरुग्वेलाई २-० ले हराउदै दक्षिण अमेरिका क्षेत्रको विश्वकप कप छनोटको अंक तालिकामा शिर्ष स्थानमा उकिलिएको छ ।

स्टार खेलाडी नेमार जुनियरको अभाव नखड्किएको खेलमा ब्राजिलले दक्षिण अमेरिकाको अर्को ठुलो टोली उरुग्वेलाई हराएको हो ।

ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३४ औँ मिनेटमा अर्थर मेलोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको ४५ औँ मिनेटमा फेरी ब्राजिलले गोल गर्दै अग्रता दोब्बर पारेको थियो ।

ब्राजिलका लागि यो पटक भने रिचार्लीसनले गोल गरेका थिए ।

उरुग्वेले प्रमुख खेलाडी लुइस स्वारेजलाई कोरोना संक्रमण भए पछी ब्राजिल विरुद्धको खेलका लागि गुमाएका थिए । यस्तै ७१ औँ मिनेटमा भने उरुग्वेका लागि अर्का खेलाडी एडीसन कभानीले रातोइ कार्ड खाँदै मैदान छोड्नु परेको थियो ।

हारसँगै उरुग्वे चौथोँ स्थानमा रहेको छ ।

अर्को खेलमा भने अर्जेन्टिनाले पेरलाई २-० ले नै हराएको छ । अर्जेन्टिनाका लागि दुवै गोल पहिलो हाफमा भएका थिए ।

१७ औँ मिनेटमा निकालोस गोन्जालेज र २८ औँ मिनेटमा लौटारो मार्टिनेजले गोल गरे पछी अर्जेन्टिनाले पेरु माथि २-० को जित निकालेको थियो ।

खेल जिते पनि १० अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।

Click to comment

Trending