Headline

जर्मनीको फुटबल इतिहासकै लज्जास्पद पराजय

Published

on

जर्मनीलाई प्रतिस्पर्धात्मक खेलमा इतिहासकै लज्जास्पद ६–० गोल अन्तरको हार चखाउदै स्पेन यएफ नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्रुप फोर को निर्णायक खेलमा स्पेनका लागि महत्वपूर्ण जित दिलाउने क्रममा फेरान टोरेसले ह्याट्रिक पुरा गरेका थिए । यस बाहेक अल्भारो मोराटा, रोद्रि र मिकेल ओयार्जाबालले पनि १–१ गोल गरेका थिए ।

जर्मनीले प्रतिस्पर्धात्मक खेलमा पाँच गोलको अन्तरको हार व्यहोरेको १९५४ बिश्वकपको समह चरणमा थियो । पश्चिम जर्मनीले हँगेरीसँग ८–३ को हार व्यहोरेको थियो ।

तर उक्त बिश्वकपको फाइनलमा जर्मनीले हँगेरीलाई हराएको थियो । गैर प्रतिस्पर्धात्मक खेलमा भने जर्मनीको सबैभन्दा ठूलो हार १९३१ को एक मैत्रीपूर्णमा अष्ट्रियासँगको ६–० को हार नै रहेको छ ।

मङ्गलवारको नतिजाले स्पेनको लगातार तीन खेलको जितविहिन यात्रामा पनि पूर्णविराम लगाएको छ । स्पेनले १९८० यता लगातार चार खेल जितविहिन रहेको रेकर्ड नै छैन । २०१४ को बिश्वकप बिजेता जर्मनीलाई बराबरी भए पर्याप्त हुने थियो तर स्पेनले शुरुवात देखि नै खेल आफ्नो नियन्त्रणमा राख्दै दुवै हाफमा ३–३ गोल गरेको थियो ।

“यो मेरो करिअरकै सबैभन्दा खराब हार थियो । यो हारले निकै चित्त दुखेको छ,” रियल म्याड्रिड तथा जर्मन मिडफिल्डर टोनी क्रुसले भने ।

नियमित कप्तान सर्जियो रामोस अधिकांश समय बेञ्चमै रहे पनि स्पेनले सहज जित हात पारेको थियो । रामोसले यसअघि स्विट्जरल्याण्डबिरुद्धको १–१ गोलको बराबरीमा दुई पटक पेनाल्टी मिस गरेका थिए । रामोस हाफ टाइमको केही अगाडी मात्रै मैदान प्रवेश गरेका थिए ।

Click to comment

Trending