Headline

नेपाल र बङ्गलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा

Published

on

नेपाल र बङ्गलादेशले दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा खेलेका छन् । बराबरीसँगै बङ्गलादेशले आयोजना गरेको मुजिब बर्षो सिरिज जितेको छ ।

नेपाल पहिलो खेलमा २-० ले पराजित भएको नेपालले दोस्रो खेल निकै सम्हालिएर खेलेको थियो । राष्ट्रिय टोलीका लागि युवा डिफेन्डर छिरिङ्ग गुरुङ, मिड्फिल्डर पूजन उपरकोटी र सेशेहाङ आङदाम्बेले डेब्यु पनि गरेका छन् ।

नेपाल र बङ्गलादेशले खेलमा केहि मौकाहरु बनाए पनि गोल गर्न भने सकेनन् ।

२३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रस बारभन्दा थोरै माथिबाट बाहिरियो । २८ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र साद उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गर्दै नेपालको लागि खतरा टारे । ३१ औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाको प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।

३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको लामो थ्रोमा गोलरक्षक किरण झुक्किएपनि बंगलादेशले फाइदा उठाउन सकेन । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।

दोस्रो हाफमा पनि कुनै टोलीले गोल गर्न सकिनन् । ५६ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । छिरिङ्ग गुरुङको लो क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेनन् । त्यसको दुई मिनेटपछि बङ्गलादेशका लागि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे ।

लगत्तै अनन्तले उत्कृष्ट डिफ़ेण्डिङ्ग  गर्दै बंगलादेशको अर्को आक्रमण विफल पारे ।

इन्जुरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । त्यसपछि दोस्रो मिनेटमा रजिनको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कंदा नेपालले गोल गर्न सकेन ।

Click to comment

Trending