Headline

नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा

Published

on

नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा

नेपाल र बङ्गलादेशले दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

नेपाल पहिलो खेल भन्दा निकै सम्हालिएको खेल खेल्दै छ । आज राष्ट्रिय टोलीका लागि युवा डिफेन्डर छिरिङ्ग गुरुङले डेब्यु पनि गरेका छन् ।

नेपाल र बङ्गलादेशले पहिलो हाफमा ठीक-ठिकै मौकाहरु बनाए पनि गोल गर्न भने सकेनन् ।

२३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिएको थियो  ।

२८ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सादले उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गर्दै नेपालको खतरा टारे । ३१ औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाको प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।

३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको लामो थ्रोमा गोलरक्षक किरण झुक्किएपनि बंगलादेशले फाइदा उठाउन सकेन । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।

नेपालले सिरिजको उपाधि जित्न यस खेलमा कम्तिमा २ गोलको को जित दर्ता गर्नुपर्ने हुन्छ । नेपालको पक्षमा खेल २-० मा सकिएको खण्डमा भने टाइब्रेकर हुनेछ ।

Click to comment

Trending