Headline

नेसन्स लिग: सेमिफाइनलका लागि स्पेन र जर्मनी भिड्दै

Published

on

युएफा नेसन्स लिग अन्तर्गत आज राती ठुला खेलहरु हुँदै छन् । लिग ए को चार समुहबाट शिर्ष स्थानमा रहेका टोलीहरुले एक अर्कासँग सेमिफाइनल खेल्ने छन् ।

आज हुने ठुला खेलहरु :

 स्पेन भर्सेस जर्मनी

यो खेलमा बराबरी मात्र गरे पनि जर्मनीले सेमिफाइनलमा स्थान बनाउने छ । स्पेनले अघिल्लो खेलमा स्विजरल्याण्डसँग बराबरी गरे पछि जर्मनी र स्पेनबीचको  खेलले यो समिकरण निक्लने भएको हो । पहिलो तीन खेलमा कमजोर प्रदर्शन गरेको जर्मनीले समुह चरणमा दोस्रो चरणको खेलहरु सुरु भए देखि राम्रो खेल्दै आएको छ ।

यो खेलमा बराबरी मात्रै भए पुगे पनि प्रशिक्षक योचिम लो लाई भने पर्याप्त हुने छैन । नयाँ खेलाडीहरुलाई यी खेलका लागि लो ले सामेल गर्नुका साथै आफुलाई लगाइएको खेलाडी प्रयोग गर्न नआउने आरोपलाई स्पष्ट पार्न चाहन्छन् ।

अघिल्लो खेलमा युक्रेनलाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेको जर्मनीले यो खेलमा स्पेनलाई पराजित गर्न उच्च मनोबलका साथ मैदानमा उत्रने पक्का छ ।

पोर्चुगल भर्सेस क्रोएसिया

दुवै टोली नेसन्स लिगको सेमिफाइनल पुग्न बाट चुके पनि फिफा बरियताका लागि आज खेल्दै छन् । क्रिष्चियानो रोनाल्डोलाई भने आफ्नो गोलको शंख्या बढाउनका लागि यस्ता खेलहरु निकै महत्वपूर्ण छन् । फ्रान्ससँग १-० ले को पराजयपछि बहिरिएको डिफेन्डिङ च्याम्पियन पोर्चुगलले क्रोएसियासँग खेल्दा रोनाल्डो शुरुवाती ११ मा हुने पक्का हो ।

फ्रान्स भर्सेस स्विडेन

पोर्चुगललाई १-० ले हराउदै सेमिफाइनलका लागि स्थान बनाइसकेको फ्रान्सले आज स्विडेनको सामना गर्दै छ । आजको खेलमा धेरै खेलाडीहरुले फ्रान्सका लागि बिश्राम पाउने छन् । फ्रान्सलाई यो खेलका लागि कुनै दवाब नभए पनि स्विडेन भने लिग बि मा रेलिगेट हुनबाट बच्न चाहन्छ ।

Click to comment

Trending