Headline

बंगलादेशसँग आज हामी अट्याकिङ खेल खेल्छौं: बालगोपाल महर्जन

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेश विरुद्धको दोश्रो खेलमा अट्याकिङ खेल खेल्ने बताएका छन् ।

बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेल आज बंगबन्धु रंगशालामा नेपाली समय अनुसार ५ः४५ बजे खेल्दै छ । पहिलो खेलमा २–० ले पराजति हुन पुगेको नेपाल आजको खेलमा जित हात पार्ने धुनमा रहेको छ ।

प्रशिक्षक महर्जन पहिलो खेलमा सोचे अनुसार खेल्न नसकेका कारण हारको सामना गर्न परेको बताउँछन् । उनी भन्छन्ः “हामीले जुन रणनीति अपनाएका थियौं त्यस अनुरुपको प्रदर्शन गर्न सकेनौं जसले गर्दा खेलमा हारको सामना गर्न पर्यो । लामो समय पछि खेलाडीहरु खेलमा फर्किएका कारण पनि तालमेल मिल्न गार्हो भयो । सायद अभ्यासको लागि समय धेरै भएको भए पनि त्यस गल्तीमा सुधार्न पर्याप्त समय हुने थियो होला ।”

“पहिलो खेल पछि तीन दिन अभ्यास गर्ने मौका पाएको छौं । यस तीन दिनमा पहिलो खेलमा गरेको गल्ती सच्याउने मौका पनि पाएको छौं । आशा छ आजको खेलमा गल्ती सुधार्दै खेलमा जित निकाल्ने छौं ।”

त्यस्तै महर्जनले पहिलो खेलमा अट्याकिङ र डिफेन्स दुबै रणनीतिले खेलेको भए पनि आजको खेलमा अट्याकिङ खेल खेल्दै गोल गर्नका लागि जाने पनि जनाए ।

बालगोपाल महर्जनको भिडियो अन्तर्वार्ता

Click to comment

Trending