Headline

कोरोनाका कारण सुवारेजले ब्राजिलबिरुद्धको बिश्वकप छनोट गुमाउने

Published

on

उरुग्वेका सर्वाधिक गोलकर्ता तथा स्ट्राइकर लुइस सुवारेजलाई कोरोना भाइरस संक्रमण भएपछि उनले ब्राजिल बिरुद्धको २०२२ कतार बिश्वकपको दक्षिण अमेरिकी छनोट गुमाउने भएका छन् ।

सुवारेजको टेस्ट पोजिटिभ आएपछि उनले एट्लेटिको म्याड्रिडका लागि आफ्नो पुर्व क्लब बार्सिलोनाबिरुद्धको खेल पनि गुमाउने छन् । सुवारेजसँगै अर्का खेलाडी रोद्रिगो मुनोज र अफिसियल मातियस फारल पनि पोजिटिभ देखिएको तर सबैको स्वास्थ्य सामान्य रहेको उरुग्वे फुटबल महासंघले जनाएको छ ।

उरुग्वेले आफ्नो अघिल्लो छनोट खेलमा कोलम्बियालाई ३–० ले पराजित गरेपछि डिफेण्डर मातियस भिनालाई पनि कोरोना देखिएको थियो ।

सन् २००१ यता ब्राजिललाई पराजित गर्न नसकेको उरुग्वेले पाँच पटकको बिश्वकप बिजेतासँग मोन्टेभिडियोमा मंगलवार खेल्न गइरहेको छ । ब्राजिल पनि आफ्ना सुपरस्टार स्ट्राइकर बिना खेल्नेछ । चोटग्रस्त रहेका नेमारले भेनेजुएलाबिरुद्ध यसअघिको छनोट खेल पनि गुमाएका थिए ।

आफ्नो शुरुवाती तीन वटै खेल जितेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शिर्ष स्थानमा रहेको छ । ९ अंक रहेको ब्राजिलभन्दा अर्जेन्टिना दुई अंकले पछाडी रहेको छ । उरुग्वे र इक्वेडरको समान ६ अंक रहेको छ ।

Click to comment

Trending