Headline

जोन्सनलाई पहिलो पटक मास्टर्स उपधि

Published

on

अमेरिकन गल्फर डस्टिन जोन्सनले गल्फको पहिलो ग्रिन ज्याकेट जिते र त्यसलाई मास्टर्स उपाधिले सुसुज्जित गरे । यसअघि अगस्टा नेसनलमा धेरै पटक नजिक पुगेका ३६ बर्षिय जोन्सनले अन्तिम दिन आइतबार कसैबाट पनि खतराको सामना गरेनन् ।

कोरोना भाइरसका कारण सात महिना पछाडी धकेलिएको मास्टर्स उपाधि जित्ने क्रममा क्यामरोन स्मिथ र सुँगजे आइएमलाई पाँच स्ट्रोकले हराए ।

यस दौरान उनले प्रतियोगिता इतिहासकै सर्वाधिक सानो ७२ होल स्कोर समेत गरेका थिए । जोन्सनको २० अण्डरको स्कोरले यसअघि टाइगर उड्स र जोर्डन स्पिएथले कायम गरेको १८ अण्डर स्कोरलाई पछि पार्यो ।

स्मिथ र सुँगजेले १५ अण्डरमा प्रतियोगिता समाप्त गरे भने जस्टिन थोमसले १२ अण्डर र रोरि म्याकिल्रोय र डिलन फ्रिटेलीले ११ अण्डरको स्कोर गरेका थिए । मास्टर्सको उपाधि सँगै जोन्सनले २० लाख डलर पुरस्कार प्राप्त गरे ।

Click to comment

Trending