Headline

मानेको निर्णयक गोलमा सेनेगल अफ्रिका कप अफ नेसन्समा छानिने पहिलो टोली

Published

on

लिभरपुल स्टार सादियो मानेले निर्णायक गोल गरेपछि सेनेगल २०२१ को अफ्रिका कप अफ नेसन्समा प्रवेश गर्ने आयोजक राष्ट्र क्यामरुनपछि पहिलो टिम बनेको छ ।

सेनेगलले आइतबारको खेलमा गिनी–बिसौलाई १–० को सांघुरो अन्तरले पराजित गर्दै अफ्रिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा छनोट हुने पहिलो टिम बनेको हो । जोर्गे बुरा नोगिरा दोश्रो हाफको मध्य तिर रेड कार्ड खाएपछि १० खेलाडीमा सिमित गिनी–बिसौं बिरुद्ध मानेले ८२ औं मिनेटमा गोल गरेका थिए ।

गत साता पनि अफ्रिकन बर्ष फुटबलर मानेको एक असिस्ट र एक गोलको मद्दतमा सेनेगलले पहिलो लेगमा गिनी–बिसौंलाई डाकारमा २–० ले हराएको थियो ।

पाँच दिनको अन्तरमा प्राप्त दोश्रो जितले अफ्रिकाको नम्बर एक टोली सेनेगल समुह आई मा चार खेलमा बिजयी रहदै १२ अंक सहित शिर्ष स्थानमा रहेको छ । सेनेगलले अझै दुई खेल खेल्न बाकी नै रहेको छ ।

२०२१ को मार्च २२ मा कोँगो र मार्च ३० मा इस्वातिनीसँग खेल्न बाकी रहेको सेनेगलसँग अब लिभरपुल व्यवस्थापक योर्गेन क्लोपले मानेलाई बिश्राम दिन आग्रह गर्न सक्नेछन् । कोँगोको ६ अंक रहेको छ भने गिनी–बिसौको तीन र इस्वातिनी अंक बिहिन रहेको छ ।

मोजाम्बिकको नजिकै रहेको जम्मा ८ लाख ७५ हजार जनसंख्या रहेको द्विप कोमोरोस आइल्याण्डलाई भने छनोट हुनका लागि जम्मा एक अंकको आवश्यकता रहेको छ । कोमोरोसले आफ्नो खेलमा आइतबार केन्यालाई २–१ ले हराएको थियो ।

समुह जी मा अपराजित रहेको कोमोरोेसको ८ अंक रहेको छ भने किर्तिमानी ७ पटकको अफ्रिकन बिजेता इजिप्टको पाँच र केन्याको तीन अंक भएको छ ।

Click to comment

Trending