Headline

बेल्जियमसँग पराजित हुँदै नेसन्स लिगबाट बाहिरियो इङ्ल्याण्ड

Published

on

नेसन्स लिग अन्तर्गत भएको समुह चरणको खेलमा बेल्जियमसँग २-० ले पराजित हुँदै इङ्ल्याण्ड प्रतियोगिताबाट बहिरिएको छ ।

बेल्जियमकालाई जित दिलाउने क्रममा योरि टिलेमन्स र ड्रिस मर्टिन्सले गोल गरेका थिए ।

खेलमा पहिलो गोल बेल्जियमले गरेको थियो । खेल सुरु भएको १० मिनेट पनि बित्न नपाउदै बेल्जियमका लागि खेलको रुमेलु लुकाकुको पासमा गोल गर्दै टिलेमन्सले गोल गरेका थिए ।

दोस्रो गोल पनि बेल्जियमले पहिलो हाफमै गरेको थियो । बेल्जियमका लागि २१ औँ मिनेटमा ड्रिस मर्टिन्सले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गरे पनि इङ्ल्याण्डले गोल भने गर्न सकेन ।

जितसँगै  बेल्जियम लिग ए समुह २ को शिर्ष स्थानमा रहेको छ । बेल्जियमको ५ खेलबाट १२ अंक रहेको छ भने दोस्रो स्थानमा डेनमार्क १० अंक रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा सेमीफाइनल प्रवेशका लागि बेल्जियमले डेनमार्कको सामना गर्ने छ । उक्त खेलमा डेनमार्क पराजित भए वा बराबरीमा रोकिए बेल्जियम अर्को चरणमा पुग्ने छ ।

Click to comment

Trending