Headline

नेसन्स लिगमा आज बेल्जियम र इङ्ल्याण्ड भिड्दै

Published

on

नेसन्स लिग अन्तर्गत आज हुने खेलमा विश्व बरीयतामा शिर्ष स्थानमा रहेको बेल्जियमले लिग ए समुह बि मा इङ्ल्याण्डको सामना गर्दै छ ।

अघिल्लो खेलमा बेल्जियम विरुद्ध २-१ को जित निकालेको इङ्ल्याण्डलाई यो खेल पनि जित्नै पर्ने दवाब रहेको छ । डेनमार्क र इङ्ल्याण्ड दुवैको समान ७ अंक भए पनि गोलअन्तर आधारमा भने डेनमार्क दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भने ९ अंकका साथ बेल्जियम रहेको छ ।

बेल्जियमका लागि मुख्य खेलाडीहरुले भने खेल गुमाउने छन् । एडेन हाजार्डले कोरोना भाईरसको संक्रमण र रोमेलु लुकाकुले बेल्जियमका लागि चोटका कारण खेल गुमाउने छन् ।

ट्रेन्ट एलेक्ससान्डर आर्नोर्डलाई चोटका कारण गुमाए पनि अर्का राइट-ब्याक्क रिएस जेम्सले उनको स्थानमा राम्रो प्रदर्शन गरे पछि इङ्ल्याण्डलाई धेरै समस्या भने हुने छैन ।

इङ्ल्याण्डलाई पूर्ण फिट टोली भएका कारण यो खेलका लागि राम्रो टोली मन्न सकिन्छ ।

इङ्ल्याण्ड र डेनमार्कले आजको खेल जितेको खण्डमा गोलअन्तरको आधारमा शिर्ष स्थानको टोलीको छिनोफानो हुने छ ।

आजै हुने अर्को खेलमा डेनमार्कले आइसल्याण्डको सामना गर्ने छ भने नेदर्ल्याण्ड्सले बोस्निया एन्ड हेर्गोज्नाभिया,वेल्सले आयरल्याण्ड र इटालीले पोल्याण्डको सामना गर्ने छ ।

Click to comment

Trending