Headline

खेलाडीको रुपमा सन्यास लिनु अघि नै रुनी व्यवस्थापक

Published

on

खेलाडीको रुपमा सन्यास लिनु अघि नै इङ्गल्याण्डमा पुर्व फर्वार्ड वेन रुनी पहिलो टिमको व्यवस्थापक पदको नजिक पुगेका छन् ।

रुनीको डर्बि काउन्टीले शनिबार व्यवस्थापक फिलिप कोकुलाई बर्खास्त गरेपछि रुनी व्यवस्थापकीय पदको नजिक पुगेका हुन् । इङ्गलिस फुटबल लिगको च्याम्पियनसिपमा खेलिरहेको डर्बि हाल ११ खेलपछि पुछारमा २४ औं स्थानमा रहेको छ ।

अन्तरिम व्यवस्थापकको रुपमा औपचारिक रुपमा घोषणा नगरिएपनि रुनी अहिले अन्तरिम कोचिङ्ग स्टाफमा सिनियर फिगरको रुपमा नियुक्त गरिएका छन् । कोचिङ्ग स्टाफमा से गिभन, लियम रोजेनियर र जस्टिन वाकर पनि रहेका छन् ।

यो सिजन डर्बिका लागि ८ खेल खेलेका ३५ बर्षिय रुनीले अब अभ्यास सत्र र टिम छनोटको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ । डर्बिले रुनीलाई नै कोकुसँग क्लबको सम्बन्ध सक्किएको घोषणा गर्न लगाएको थियो ।

अबु धाबीका शाही परिवारका सदस्य शेख खालिद बिन जायेद अल नेहायनले क्लबको स्वामित्य लिने प्रकृया पुरा नहुञ्जेल डर्बिले औपचारिक रुपमा व्यवस्थापक घोषणा गर्ने छैन । इङ्गलिस फुटबल लिगले यसअघि नै पारित गरिसकेको टेक ओभरको प्रकृया नोभेम्बरको अन्त्यमा सक्किने छ ।

Click to comment

Trending