Headline

बङ्गलादेशका मुख्य गोलरक्षक रहेका शहीदुल आलम दोस्रो खेलका लागि बाहिर

Published

on

नेपाल विरुद्धको दुई मैत्रीपूर्ण सिरिजका लागि मुख्य गोलरक्षकका रुपमा बोलाइएका शहीदुल आलम सोहेलले नेपाल विरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

नेपाल २-० ले पराजित भएको पहिलो खेलमा पनि खेल भन्दा अगाडि भएको सामान्य अभ्यासमा शहीदुल आलमलाई चोट लागे पछी उनको स्थानमा अनिसुर रहमानलाई मौका दीइएको थियो ।

टोलीका मुख्य गोलरक्षक अश्रफुल ईस्लाम राना नभएका कारण शहिदुलले पहिलो र दोस्रो खेलमा मौका पाउने पक्का जस्तै रहेको थियो ।

उनको अभ्यासका क्रममा कम्मरमा रहेको हड्डीमा सानो चिरा देखा परेको थियो । उनी बङ्गलादेश राष्ट्रिय टोलीको क्याम्प छोड्दै आफ्नो क्लब ढाका अबाहनी फर्किसकेका छन् । बङ्गलादेशका राष्ट्रिय टोलीका अष्ट्रेलियन फिजियोले पनि शहिदुललाई बिश्रामको सुझाव दिएका थिए ।

शहिदुलले नेपालसँग हुने दोस्रो खेल र बङ्गलादेशले खेल्ने विश्वकप छनोटमा खेल्ने कतारसँगको खेल पनि गुमाउने भएका छन् ।

 

Click to comment

Trending