Headline

लगातार २५ पेनाल्टीमा गोल गरेपछि सर्जियो रामोस लगातार दुई पटक चुके

Published

on

पछिल्लो २५ पेनाल्टीमा अचुक रहदै आएका सर्जियो रामोस युरोपमा आफ्नो किर्तिमानी खेलमा दुई पेनाल्टीमा चुकेका छन् ।

युएफा नेसन्स लिगमा शनिबार स्विट्जरल्याण्डबिरुद्धको खेलमा रामोस दुई पटक पेनाल्टीमा चुकेपछि स्पेन १–१ गोलको बराबरीमा रोकियो । रामोस स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै युरोपमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल्ने फुटबलरको किर्तिमान कायम गर्दै थिए ।

यस क्रममा रामोसले इटाली गोलकिपर जियनलुईजी बुफोनको १७६ अन्तर्राष्ट्रिय खेल्ने किर्तिमानलाई पछि पारेका हुन् ।

बासेलमा रेमो फ्रेउलरको गोलमा २६ औं मिनेटमा अग्रता लिएपछि स्विट्जरल्याण्डले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो । दोश्रो हाफको १२ औं मिनेटमा स्पेनले पेनाल्टी पायो र रामोसको प्रहार गोलकिपर यान सोमरले बचाइदिए ।

८० औं मिनेटमा अर्को पेनाल्टी पाउदा पनेंका किक प्रायस गर्दा रामोस बिफल हुन पुगेका थिए । निर्धारित समय सकिन एक मिनेट बाकी हुदा जेरार्ड मोरेनोले गोल गर्दा स्पेनको नाक जोगिएको थियो । स्पेनले अब सेमिफाइनलमा प्रवेश गर्नका लागि मङ्गलवार सेभियामा जर्मनीबिरुद्ध खेल्नेछ ।

स्पेनका प्रशिक्षक लुईस एन्रिके खेलपछि आफ्ना कप्तानको रक्षामा उत्रिएका थिए । सर्जियोले पेनाल्टीमा गोल गरेको संख्या यो संसार भन्दा बाहिरको कुरा हो । यदि आजको खेलमा तेश्रो पेनाल्टी पाएको भए त्यो पनि उनले नै प्रहार गर्ने थिए । हामी जित्न चाहन्थ्यौं तर त्यो हुन सकेन, एन्रिकेले भने ।

Click to comment

Trending