अन्तर्राष्ट्रिय

बिराटले अस्ट्रेलिया भ्रमणमा एउटा मात्र टेस्ट खेल्ने भए पछि टिकटको माग हवात्तै बढ्यो

Published

on

अस्ट्रेलिया भ्रमणका क्रममा भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले एउटा मात्र टेस्ट खेल्ने भए पछि पहिलो टेस्टको टिकटको माग हवात्तै बढेको छ ।

अस्ट्रेलियाका संचारमाध्यमहरुले जनाए अनुसार बिराटले एडिलेडमा हुने टेस्टमा खेल्ने भएका कारण उक्त टेस्टको लिनेहरुको संख्या बढेको हो । मेलबर्नमा क्याफे संचालन गर्ने अंगद सिंह ओबरोयका अनुसार उनले संचालन गरेकोको स्वामी आर्मी भारतीय क्रिकेट समर्थक समूहमा रहेकाहरु माझ नै टिकेटको माग धेरै रहेको जनाए ।

‘पहिले हाम्रो समूहमा टिकट खोज्नेको संख्य खासै धेरै थिएन । तर जब कोहलीले पहिलो टेस्ट मात्र खेलेर भारत फर्कने भन्ने समाचार बाहिर आयो त्यस पछि उक्त टेस्टको लागि टिकट खोज्नेको मात्र बढेको छ । अहिले आएर टिकटको प्रबन्ध गर्न नै मुस्किल पर्ने देखिएको छ,’ सिंहले भने ।

‘अस्ट्रेलियन क्रिकेट बोर्डले एडिलेड टेस्टका लागि प्रत्येक दिन २५ हजार टिकट बेच्ने जनाएको छ । हामी २५ हजार भन्दा पनि बढी दर्शकले प्रवेस पाउन् भन्नेमा आशावादी रहेका छौं । त्यस्तै हामीले छुट्टै टिकट लिएर आफ्नो समर्थक माझ बेच्न सकौं भनेर पनि कुरा गरिरहेका छौं ।’

कोहलीकी श्रीमती अनुष्का शर्मा गर्भवती रहेकी छिन् । उनीहरुको बच्चाले जनवरीमा जन्म लिने भएका कारण बिराट आफ्नो पहिलो सन्तानको जन्मका समयमा अनुष्कासँग नै रहन चाहेका कारण उनलाई बिसीसीआईले सुत्केरी बिदा दिन लागेको हो । बिराट अस्ट्रेलियासँगको एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखला पछि पछिलो टेस्ट खेलेर भारत फर्कने छन् ।

विराट कोहली नेतृत्वको भारतीय टोलीले अष्ट्रेलियामा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय तथा चार म्याचको टेस्ट म्याचको शृंखला खेल्नेछ ।

भारतको भ्रमण नोभेम्बर २७ मा हुने पहिलो एकदिवसीयबाट शुरु हुनेछ । दोश्रो एकदिवसीय पनि सिड्नीमै नोभेम्बर २९ मा हुनेछ भने डिसेम्बर २ मा हुने तेश्रो खेल मनुका ओभलमा हुनेछ । यस्तै पहिलो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय मनुका ओभलमै डिसेम्बर ४ मा हुनेछ । सिड्नीमा डेसेम्बर ६ र ८ मा दोश्रो र तेश्रो ट्वान्टी ट्वान्टी खेलहरु हुनेछन् ।

यस्तै दुई टोलीबीचको टेस्ट श्रंखला डिसेम्बर १७ देखि २१ सम्म एडिलेड ओभलमा हुनेछ । उक्त टेस्ट डे नाइटको रुपमा रहनेछ । मेलबर्न क्रिकेट ग्राउण्डमा दोश्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म हुनेछ भने ८ दिनको बिश्रामपछि २०२१ जनवरी ७ देखि ११ सम्म सिड्नीमा तेश्रो टेस्टको आयोजना हनेछ । अन्तिम टेस्ट गाबामा जनवरी १५ देखि १९ सम्म खेलाइनेछ ।

Click to comment

Trending