राष्ट्रिय

क्यानले मुख्य प्रशिक्षकको अन्तर्वार्ता लिंदै, पुबुदु र वाटमोर जस्ता चर्चित नाम पनि सामेल

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली रास्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक अन्तर्वार्ता लिन सुरु गरेको छ । क्यानले ७२ जनाको आवेदन परेकोमा १४ जनासँग अन्तर्वार्ता लिने काम सुरु गरेको हो । त्यस्तै क्यानले आज र भोली सम्ममा सबैजनासँग अनलाइन मार्फत अन्तर्वार्ता लिइसक्ने छ ।

नेपाली क्रिकेट टोलीको प्रशिक्षक बन्नका लागि धेरैले इच्छा देखाएको भए पनि नेपाली टोलीका पुर्व प्रशिक्षक बुबुदु दासानाइके, श्रीलंकाले सन् १९९६ मा विश्वकप जित्दाका प्रशिक्षक डेभ वाटमोर जस्ता चर्चित् नाम रहेका छन् । त्यस बाहेक अपूर्व देशाई र सुलक्षेन कुलकर्नी र ततेन्दा टाईबु पनि रहेका छन् भने पाकिस्तान, भारत र श्रीलंकाका प्रशिक्षकहरुले पनि नेपाली टोलीमा प्रशिक्षक बन्नका लागि आवेदन दिएका छन् ।

सन् २००९ मा नेपाली टोलीको मुख्य प्रशिक्षक भएर आएका पुबुदुले नेपाली टोलीलाई डिभिजन फाईब देखि डिभिजन टु सम्मको यात्रा तय गराएका थिए । त्यती मात्र हैन नेपाली टोलीले उनकै प्रशिक्षणमा सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा पनि खेलेको थियो । क्यानलाई आईसीसीले प्रतिबन्ध लगाए पछि उनले नेपाल छाडे र अमेरिकाको प्रशिक्षकका रुपमा पनि काम गरे ।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि इच्छा देखाएका नाम मध्य सबैभन्दा ठुलो नाम हो वाटमोर । सन् १९९६ मा श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका उनले पाकिस्तान, बंगलादेश, जिम्बाब्वे जस्ता टेस्ट राष्ट्रको प्रशिक्षकका रुपमा पनि काम गरि सकेका छन् । त्यस्तै उनले सन् २०१० र सन् २०११ को इन्डियन प्रिमियर लिगको सिजनमा कोलकाता नाइट राईडर्सको प्रशिक्षक भएर काम गरेका थिए ।

पछिल्लो समय उनले सिंगापुरको प्रशिक्षकका रुपमा काम गरेका थिए । कोरोनाका कारण खेलकुद ठप्प हुनु अघि थाईल्याण्डमा सम्पन्न एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोटमा सिंगापुरलाई छनोट गराउँदा वाटमोर नै प्रशिक्षक थिए ।

वाटमोरले पनि नेपाली खेलाडीहरुलाई यस अघि पनि प्रशिक्षण दिएका थिए । ब्याट एण्ड बल फाउण्डेसनले आयोजना गरेको हाई पर्फर्मेन्स क्याममा ११ दिन नेपाली खेलाडीहरुलाई वाटमोरले प्रशिक्षण दिएका थिए ।

त्यस्तै भारतीय मुलका देशाई र कुलकर्नीले पनि नेपाली खेलाडीहरुसँग काम गरि सकेका छन् । उनीहरुले नेपाली टोलीको ब्याटिङ कान्सलटायंटका रुपमा काम गरेका थिए । देशाई सन् २०१८ मा सम्पन्न एसिया कप छनोट र कुलकर्नी सन् २०१८ मा नै सम्पन्न वर्ल्ड क्रिकेट लिग डिभिजन टुका लागि युएईमा गरेको अभ्यासमा नेपाली टोलीको ब्याटिङ कान्सलटायंट रहेका थिए ।

Click to comment

Trending