Headline

नेसन्स लिग: पोर्चुगल र फ्रान्स भिड्दै, युक्रेनको सामना गर्दै जर्मनी

Published

on

आजबाट नेसन्स लिगमा समुह चरणको दोस्रो चरणका खेलहरु सुरु हुँदै छन् । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलहरु कम गर्नु पर्ने र टेलीभिजन प्रसारण सम्झौता मार्फत फाईदा हुने युएफाले नेसन्स लिग सुरु गरेको थियो । त्यसै अन्तर्गत आज दुई ठुला खेलहरु हुँदै छन् ।

नेपाली समय अनुसार ७:४५ मा सान मारिनोले गिब्रल्टार र माल्टाले एन्डोराको सामना गर्ने छ ।

अन्य ठुला खेलहरुमा भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ ।

समुह चरणको अघिल्लो खेलमा गोलरहित बराबरी खेलेका यि दुई टोलीको लिग ए समुह ३ मा समान १० अंक रहेको छ ।

फ्रान्सले खेलेको आफ्नो पछिल्लो मैत्रिपूर्ण खेलमा फिनल्याण्डसँग २-० ले पराजित भएको थियो । फ्रान्सको त्यो २०१८ पछि पहिलो पराजय रहेको थियो । पोर्चुगलले भने आफ्नो पछिल्लो खेलमा एन्डोरालाई ५-० ले हराएको थियो ।

युभेन्टसले लाजियो विरुद्ध खेल्दा घाइते भएका क्रिष्चियानो रोनाल्डोले एन्डोरा विरुद्धको खेल खेलेका थिए भने उनले फ्रान्स विरुद्धको खेल पनि खेल्ने लगभग पक्का भैसकेको छ ।

फ्रान्सका लागि एन्टोनियो ग्रिजमनलाई टोलीमा मुख्य खेलाडीको रुपमा बोलाइएको छ ।

यो खेल नेपाली समय अनुसार राती १:३० मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने युक्रेनले जर्मनीको सामना गर्ने छ ।

समुह चरणको अघिल्लो खेलमा युक्रेनलाई २-१ ले पराजित गरे पनि फितलो प्रदर्शन गरेको जर्मनीले यो खेलमा भने सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रशिक्षक योचिम लो ले पनि आफ्नो टोली फेरी फितलो प्रदर्शन नगरने बताएका छन् । जर्मनीका लागि काइ ह्वाभर्ट्जले कोरोना भाईरसका कारण खेल गुमाउने छन् ।

यो खेल नेपाली समय अनुसार रातको १:३० बजे सुरु हुने छ ।

१:३० बजे नै हुने अर्को खेलमा स्पेनले स्वीजरल्याण्डको सामना गर्ने छ ।

Click to comment

Trending