Headline

रामोस सबैभन्दा बढी क्याप जित्ने युरोपियन फुटबलर बन्दै

Published

on

स्पेन तथा रियल म्याड्रिड डिफेण्डर सर्जियो रामोस शनिबार हुने यएफ नेसन्स लिग अन्तर्गत स्विट्जरल्याण्डबिरुद्धको खेलमा उत्रने हो भने युरोपबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बन्ने भएका छन् ।

बासेलमा हुने खेलमा रामोस १ सय ७७ औं पटक स्पेनका लागि खेल्न मैदान उत्रनेछन् र यस क्रममा उनले इटाली गोलकिपर जियनलुईजी बुफोनको किर्तिमानलाई पछाडी पार्ने छन् । बुफोनले इटालीका लागि १ सय ७६ चोटी खेलेका छन् र युरोपमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल्ने फुटबलरको सुचीमा संयुक्त रुपमा पहिलो स्थानमा रहेका छन् ।

३४ बर्षिय रामोसको स्पेन करिअरमा कुनै बाधा अड्चन नआउने हो भने उनले इजिप्टका अहमद हसनको नाममा रहेको सबैभन्दा बढी क्याप जित्ने खेलाडीको बिश्व किर्तिमान पनि तोड्न सक्नेछन् ।

हसनले इजिप्टका लागि १ सय ८४ पटक खेलेका छन् । अर्को बर्ष हुने युरो कपका दौरान रामोसले उक्त किर्तिमान तोड्न सक्नेछन् । कोरोनाका कारण एक बर्ष पछाडी धकेलिएको युरो कप जुन र जुलाईमा हुनेछ ।

रामोसले स्पेनका लागि २००५ चिनबिरुद्धको ३–० को जितबाट डेब्यु गरेका थिए । कार्लेस पुयोलको स्थानमा रामोस मैदान प्रवेश गर्दा स्पेनको टोलीमा इकर कासियास र जाभी हर्नान्डेज पनि रहेका थिए । तीनै खेलाडीले पछि गएर स्पेनका लागि दुई युरो कप र एक बिश्वकप जित्न पुगे ।

Click to comment

Trending