Headline

बिश्वकप छनोटः नेमार नभएपनि ब्राजिलको भेनेजुएलामाथि जित

Published

on

ब्राजिल आफ्नो सुपरस्टार खेलाडी नेमारको अनुपस्थितिमा भेनेजुएलामाथि १–० को सांघुरो जित दर्ता गर्दै २०२२ कतार बिश्वकपको दक्षिण अमेरिकी छनोटमा लगातार तीन खेल जित्न सफल भएको छ ।

च्याम्पियन्स लिगका दौरान पेरिस सेन्ट जर्माइनका लाग खेल्दै गर्दा चोट बोकेका नेमारसँगै अन्य केही प्रमुख खेलाडीहरुको अनुपस्थितिमा पनि ब्राजिल महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो । जितपछि ब्राजिलको ९ अंक भएको छ भने दुई खेल जित्दै एकमा बराबरी गरेको अर्जेन्टिना दोश्रो स्थानमा रहेको छ ।

ब्राजिलको लागि एक मात्र गोल रोबर्टो फर्मिनोले गरेका थिए । अर्को खेलमा उरुग्वे कोलम्बिायलाई ३–० को फराकिलो अन्तरले हराउदै चौथो स्थानमा उक्लियो । उरुग्वेको सहज जितमा एडिन्सन काभानी, लुईस सुवारेज र डार्विन नुनेजले १–१ गोल गरेका थिए ।

तीन चरणको समाप्तिपछि पेरुको एक अंक मात्र रहेको छ भने भेनेजुएला र बोलिभियाले खाता नै खोल्न बाकी रहेको छ । अर्को खेलमा चिलीले पेरुलाई २–० ले हरायो । चिलीको लागि दुवै गोल आर्टुरो भिडालले गरेका थिए ।

Click to comment

Trending