Headline

नेपाल बङ्गलादेशसँग पराजित

Published

on

नेपाली राष्ट्रिय फुटबल टोली बङ्गलादेशसँग पहिलो मैत्रीपूर्ण खेलमा २-० ले पराजित भएको छ ।

बङ्गलादेशका लागि महबुबुर रहमान र नबिब नेवाज जिबनले गोल गरेका थिए ।

नेपालले खेलको १० औँ मिनेटमै पहिलो गोल खाएको थियो । नेपालले गरेको डिफेन्सिभ गल्तीको फाईदा उठाउदै बङ्गलादेशका लागि मोहम्मेद साद्द उद्दिनको राम्रो क्रसमा नबिब नेवाज जिबनले राम्रो गोल गरेका थिए ।

सद्द उद्दिनले क्रस गर्न लागेको बलमा नेपाली खेलाडी सुमन अर्याल र अनन्त तमाङ बिचको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको १० मिनेटमै १-० ले पछी परेको थियो ।

यस्तै ३८ औँ मिनेटमा नेपालले राम्रो गोल गर्ने मौका गुमाएको थियो । बिकास खवासको क्रसमा नवयुग श्रेष्ठले प्रहर गरेको बल बङ्गलादेशको डिफेन्डरला लागेर फर्किदा अन्जन बिष्टले गरेको प्राहर गोलरक्षक अनिसुर रहमानले सजिलै बचाएका थिए ।

नेपालले खेलमा आफ्नो पहिलो सब्स्टिच्युसन गरिसकेको छ । खेलको ४० औँ मिनेटमा मिड्फिल्डर भूमिकाको रुपमा खेलेका बिक्रम लामालाई चोट लागे पछी प्रशिक्षक बालगोपालले एरिक बिष्टलाई मैदान प्रवेश गराउदै डेब्यु गराएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफ अर्को एक गोल खान पुगेको थियो । बङ्गलादेशका लागि ८० औँ  मिनेटमा महबुबुर रहमानले गोल गर्दै खेलमा टोलीका लागि २-० को अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा महबुबुर रहमानले विंगबाट बल अघि बढाउँदै वन भर्सेस वन मा गोल गरेका थिए ।

यस्तै त्यस अघि भने ५५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर चुकाएको थियो । फर्वार्ड जर्जप्रिन्स कार्कीको क्रसमा रवि पासवानले गरेको प्रहार बाहिरिन पुगेको थियो । ७१ औं मिनेटमा पनि भरत खवासले गरेको प्रहार आकासिन पुगेको थियो ।

७५ औं मिनेटमा बंगलादेशका बर्मनले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक किरण उत्कृष्ट बचाउ गरेका थिए । ७८ औं मिनेटमा विकास खवासको लामो थ्रोमा अनन्त तामाङको फ्लिक हेडर गोलरक्षक अनिसुर रहमानले बचाएका थिए ।

नेपालका लागि दोस्रो हाफमा अर्का खेलाडी दर्शन गुरुङले डेब्यु गरेका थिए ।

मैत्रीपूर्ण सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर १७  मा खेल्नेछ ।

Click to comment

Trending