Headline

पहिलो हाफमा नेपाल १-० ले पछि

Published

on

बङ्गलादेश विरुद्धको पहिलो मैत्रिपूर्ण खेलमा नेपाल पहिलो हाफमा १-० ले पछि परेको छ ।

नेपालले खेलको १० औँ मिनेटमै पहिलो गोल खाएको थियो । नेपालले गरेको डिफेन्सिभ गल्तीको फाईदा उठाउदै बङ्गलादेशका लागि मोहम्मेद साद्द उद्दिनको राम्रो क्रसमा नबिब नेवाज जिबनले राम्रो गोल गरेका थिए ।

सद्द उद्दिनले क्रस गर्न लागेको बलमा नेपाली खेलाडी सुमन अर्याल र अनन्त तमाङ बिचको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको १० मिनेटमै १-० ले पछी परेको थियो ।

यस्तै ३८ औँ मिनेटमा नेपालले राम्रो गोल गर्ने मौका गुमाएको थियो । बिकास खवासको क्रसमा नवयुग श्रेष्ठले प्रहर गरेको बल बङ्गलादेशको डिफेन्डरला लागेर फर्किदा अन्जन बिष्टले गरेको प्राहर गोलरक्षक अनिसुर रहमानले सजिलै बचाएका थिए ।

नेपालले खेलमा आफ्नो पहिलो सब्स्टिच्युसन गरिसकेको छ । खेलको ४० औँ मिनेटमा मिड्फिल्डर भूमिकाको रुपमा खेलेका बिक्रम लामालाई चोट लागे पछी प्रशिक्षक बालगोपालले एरिक बिष्टलाई मैदान प्रवेश गराउदै डेब्यु गराएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा भने खेल्न बाँकी रहेको छ ।

Click to comment

Trending