Headline

बिकासले डेब्यु गर्दै, बंगलादेश बिरुद्ध यस्तो छ नेपाल को शुरुवाती एघार

Published

on

आज हुने बङ्गलादेश विरुद्धको खेलका लागि डिफेन्डर बिकास खवासले राष्ट्रिय टोलीबाट आफ्नो डेब्यु खेल खेल्ने भएका छन् ।

बिकासले क्लब फुटबल र नेपाली राष्ट्रिय टोलीको उमेर समुहमा राम्रो प्रदर्शन गर्दै आएका थिए । बिकास राइट-ब्याक र फुल-ब्याक दुवै स्थानमा खेल्न सक्छन् । नेपाली टोलीले १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा उनी प्रमुख खेलाडी थिए ।

प्रशिक्षक बालगोपाल महर्जनले आजको खेलमा ४-२-३-१  को फर्मेसन उतारेका छन्  तर पनि खेलमा भने अन्जन बिष्टले एक्ला स्टाइकर नवयुग श्रेष्ठसँग सहकार्य गर्ने छन् । बालगोपाल महर्जनले पेपरमा ४-२-३-१ फर्मेसन खेलाए पनि खेल सुरु भए पछि भने नेपाल ४-४-२ को पुरानै फर्मेसनमा जाने देखिन्छ ।

यस्तै नेपालका लागि कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने छन् । डिफेन्समा सुमन अर्याल,अजित भण्डारी,अनन्त तमाङ र बिकास खवास  छन भने मिड्फिल्डमा बिक्रम लामा,तेज तमाङ,सुजल श्रेष्ठ,रावी पासवान र फर्वार्डमा अन्जन बिष्ट र नवयुग श्रेष्ठ खेल्ने छन् ।

२०१८ को साफ च्याम्पियन्शिप पछि नेपाल र बङ्गलादेश आज पहिलो पटक भिड्दै छन् । दुई बर्षको अन्तरालमा भिड्न लागेका दुवै टोलीले झण्डै एक बर्ष यता अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

नेपालको शुरुवाती एघार: 

बङ्गलादेशको शुरुवाती एघार: 

प्री-म्याच प्रेस कन्फरेन्सको पुरा भिडीयो हेर्नुहोस: 

Click to comment

Trending