Headline

‘पछिल्ला खेलहरुमा जस्तै यो पटक पनि हामी बङ्गलादेशलाई पराजित गर्नेछौँ’

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई पछिल्ला खेलहरु जस्तै पराजित गर्ने बताएका छन् ।

उनले नेपालले बङ्गलादेश विरुद्ध खेल्ने दुई खेल अन्तर्गत पहिलो खेल अघि कुरा गर्दै महर्जनले बङ्गलादेश नेपाल भन्दा केहि बलियो टोली रहेको भए पनि पछिल्ला खेलहरुमा नेपालले पराजित गरेको हुनाले त्यहि नतिजालाई निरन्तरता दिने जनाए ।

“पक्कै पनि बङ्गलादेश हामी भन्दा बलियो टोली हो । तथ्यांकलाई हेर्ने हो भने पनि हामी भन्दा राम्रो टोली हो । तर पछिल्ला केहि खेलमा नतिजा हाम्रो पक्ष्यमा रहेको छ । अब यो दुई खेलमा पनि हामी नतिजालाई हाम्रै पक्ष्यमा पार्ने छौँ,” महर्जनले भने ।

त्यस्तै महर्जनले टोलीमा नयाँ खेलाडीको पनि बाहुल्य रहेको हुनाले नयाँ खेलाडीहरुले पनि डेब्यु गर्न सक्ने बताएका छन् । उनले नयाँ खेलाडी भन्दैमा टोलीमा स्थान बनाउन नसक्ने भन्ने केहि न रहेको र खेलको अवस्था र आवस्यकता अनुसार खेलाडीहरुले मौका पाउने पनि जनाए ।

त्यस्तै उनले कोरोना संक्रमण लागेका कारण केहि खेलाडीहरुले टोलीमा स्थान बनाउन नसकेका कारणले गर्दा पनि टोलीमा केहि कठिनाइ रहेको पनि बताए ।

हेर्नुहोस् प्रशिक्षक बालगोपाल महर्जनको पुरा अन्तर्वार्ता :

Click to comment

Trending