Euro 2020

पुरा भयो युरो २०२० छनोट चरण,कुन टोली सुन समुहमा परे ?

Published

on

हिजो भएका खेलहरुमा स्कटल्याण्ड,नर्थ मेसेडोनिया,हँगेरी र स्लोभाकियाले आफ्नो-आफ्नो खेल जित्दै युरो २०२० मा स्थान बनाए पछि युरो कप २०२० को समुह चरणमा कुन टोली कुन समुहमा भन्ने कुराको टुङ्गो लागेको छ ।

बिहिबार निकै संघर्षपूर्ण छनोटमा स्कटल्याण्डले सर्बियालाई टाइ ब्रेकरमा पराजित गर्यो भने बिश्व फुटबलको सानो टोली नर्थ मेसेडोनिया पनि जर्जियालाई हराउदै इतिहासमै पहिलो पटक युरो कपका लागि छनोट भयो ।

बर्षको शुरुवाताका लागि तय गरिएको प्लेअफ कोरोना भाइरसका लागि स्थगित भएपछि सञ्चालनमा आउदा हँगेरी र स्लोभाकिया पनि आ–आफ्नो खेल जित्दै छनोट भएका थिए ।

कहिले सुरु हुन्छ युरो २०२०

१६ औँ संस्करणको युरो कप जुन ११,२०२१ मा सुरु भएर जुलाई ११,२०२० मा सकिने छ । कोरोना भाईरसका कारण २०२० को जुनमा हुनु पर्ने प्रतियोगिता एक बर्ष पछाडि धकेल्लिदै २०२१ का लागि सरेको थियो ।

यो पटकको युरो कप युरोपका १२ ठुलो शहरहरुमा हुने छन् । फाइनल र सेमिफाइनलका खेलहरु भने इङ्ल्याण्डको वेम्बली रङ्गशालामा हुने छ ।

कुन टोली कुन समुहमा ?

समुह ए

इटाली

स्विजरल्याण्ड

टर्की

वेल्स

समुह बि
बेल्जियम

डेनमार्क

फिनल्याण्ड

रसिया  

समुह सी

अष्ट्रिया

नेदरल्याण्ड

नर्थ मेसेड़ोनिया

युक्रेन

 

समुह डी

क्रोएसिया

चेक गणतन्त्र

इंग्ल्यान्ड

स्कटल्याण्ड

समुह ई

 पोल्याण्ड

स्लोभाकिया

स्पेन

स्वीडेन

समुह एफ

 फ्रान्स

जर्मनी

हंगेरी

पोर्चुगल

 

Click to comment

Trending