Headline

लिभरपुललाई अर्को झड्का,डिफेन्डर गोमेज पनि चोटका कारण बहिर

Published

on

भर्जिल भान डाइक र फाबिन्होलाई चोटका कारण गुमाइसकेको लिभरपुलले आफ्नो अर्को डिफेन्डर जो गोमेजलाई पनि चोटका कारण गुमाउने भएको छ ।

इङ्ल्याण्डको राष्ट्रिय टोलीमा परेका गोमेजको अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनको यो चोट निकै गहिरो भएको र उनी उपचारका लागि लिभरपुल फर्किएको इङ्ल्याण्डका व्यवस्थापक ग्यारेथ साउथगेटले बताएका छन् ।

२३ वर्षिय गोमेज लिभरपुलका सेन्टर-ब्याक्क हुन् । चोट पछि लिभरपुलले पनि बिज्ञप्ति जारि गर्दै गोमेजले मेडिकल टोलीसँग सहकार्य गर्दै उपचार गरिरहेको बताएको छ ।

धेरै संचार मध्यामहरुले पनि उनको चोट निकै गहिरो भएको बताउदा प्रशिक्षक साउथगेटले पनि इङ्ल्याण्डको लागि निकै असहज स्थिती भएको बताएका थिए ।

“चोट हेर्दा निकै गहिरो देखिन्छ । उनी कती समय मैदान बहिर रहने हुन त्यो भने अहिले भन्न सक्ने अवस्था छैन,” साउथगेटले भने ।

लिभरपुलले एवर्टन विरुद्धको खेलमा आफ्न कप्तान तथा मुख्य डिफेन्डर भर्जिल भान डाइकलाई गुमाएको थियो भने त्यस्को तीन हप्तामै फेरी उनको स्थान खेलेका फाबिन्होलाई च्यामपियन्स लिग अन्तर्गत मिड्जील्याण्ड विरुद्धको खेलमा गुमाएको थियो ।

लिभरपुलको चार मद्धेको तीन मुख्य डिफेन्डरहरु चोटग्रस्त रहेका छन् । अघिल्लो साता मात्र भएको म्यानचेस्टर सिटी विरुद्धको खेलमा पनि ट्रेन्ट एलेक्सान्डर आर्नोर्ल्ड घाइते हुँदै मैदानबाट निस्किएका थिए ।

आफ्ना मुख्य खेलाडीहरु घाइते भए पछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पाँच खेलाडी सब्स्टिच्युट गर्न पाउने नियम फेरी ल्याउनु पर्ने बताएका थिए ।

Click to comment

Trending